सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

August 28, 2006

यो मृत्यु आज सम्म रहस्यको पोकामा गुम्सिएको छ

शहिदको विधवा पत्नी - ६

देशको राजनैतिक इतिहासले विभिन्न मोडहरुमा शोकाकुल हुन वाध्य पार्दै आई रहेको पर्रि्रेक्ष्यमा उदयमान युवा नेता कामरेड मदन भण्डारीको दास ढुङ्गामा भएको षडयन्त्र वा दर्ुघटनाले देशको तत्कालीन वा दिर्घकालीन राजनीतिमा ठूलो असर पारेको छ । यो मृत्यु आज सम्म रहस्यको पोकामा गुम्सिएको छ । यसैको हाराहारी समयमा राष्ट््रले सगरमाथाका सफल महिला आरोही पासाङ्ग ल्हामु शेपाको असामयिक दुखद दुघटना पनि वोक्न विवस भएको छ । मदन भण्डारीको मृत्यु नभएको भए देशको कम्युनिष्ट राजनीतिक शक्तिमा पृथकीकरण हुने पनि थिएन होला र यो वर्तमान समयको अन्यौलताको वातावरणको श्रृजना पनि हुने थिएन ।
कोइराला र भट्टर्राई संयुक्त धार संग असहमत भएका २०४६ सालका कमाण्डर गणेशमान सिंह काग्रेस पार्टर्ीींगको लगाव छोडेर स्वतन्त्र भई राष्ट्रि्य नेता हुनु भए पछि देशको राजनीति संग विरक्तिको थियो । जिन्दगीको अन्तिम विन्दुमा जिन्दगी लगानी गरेको काग्रेस पार्टर्ीीनमेल विचारधारा संग विमुख भई कोठा पस्नु भएका कमाण्डरको मृत्यु देशले उनको सफल सल्लाह समेत नपाई अन्त भएको छ ।
गणेशमान योद्धा हुन् । उनी सफल संगठन कर्ता हुन् । तर उनी शासक वन्न सकेनन् र राजनीतिक भागवण्डाको लागि आफ्नो भाग छोरामा सारियो, यो नै उनको लामो राजनैतिक जीवनको अभिषाप हुन पुगेको थियो ।
यो देशको इतिहांसमा वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले नौ महिने सरकारको नेतृत्व गरेका थिए । अनेक आरोह अवरोह साथ विश्राम भएको उनको सरकारको अवसान अदालतको फैसलाले अर्को मोड लिन वाध्य भएको थियो भने उहाँको मृत्यु चुनावी प्रचारमा भाग लिने क्रममा वेहोस हुन पुगी सोही अवस्था मै भएको थियो ।
कोइराला र भट्टर्राई धारमा पनि विचलन आई देशको राजनैतिक परिस्थितिमा अराजकता देखिएको छ जुन देशको लागि दर्ुभाग्यपर्ूण्ा सावित हुदैछ ।

यो घरमा अर्को वज्रपात भएको छ । मेरो श्रीमान भन्दा मुनिको भाइ, विहे गरेको छ महिना पछि श्रीमती छोडेर अरवमा सिकर्मी काममा गएको थियो । अरव गएको पनि दुइ वर्षभै सकेको थियो । गर्भवती पत्नीलाई माइतमा छोडी अरव गएका उ एक महिनापछि घर फर्किने सन्देश पनि प्राप्त भएको थियो । टुकटुक हिड्न सक्ने छोरालाई हर्ेन हतार भएको उ, छोरालाई “ड्याडी” भन्न लगाएर लामो पर्खाईमा रहेका उसकी पत्नी, आमा बुबा, उसका सासू ससुरा र हामी खुसीले रमाई रहेका थियौ । तर यो खवरले हाम्रो घरमा पुन एक पटक रुवाबासी भएको छ । अरववाट फोनमा उसको साथी वा उसको पत्नीका दाजु पर्नेले सुचना दिएको थियो की “वीरमान, हिजो खाना खाई ओरी हामीहरुको साथै सुतेका थियौ, हामी सवै त विउझियौ, उ त विउझिएन, अस्पतालमा पोष्र्टमार्टमको लागी लगेको छ, हामीलाई केही थाहा भएन के भएर यसो भएको हो, लासलाई हामी सवैले पैसा उर्ठाई प्लेनवाट पर्ठाई दिन्छौ ।” फोन गर्ने व्यक्ति पनि संुक्क संुक्क गर्दै थियो । यो फोनको कुरा सकेसम्म लुकाइयो । उसको श्रीमतीलाई यसको भनक पनि पर्न दिइएन । घरमा शोक व्याप्त रहृयो । माइतमा वस्ने उसको पत्नीलाई उनैका पिताको सल्लाह अनुसार जानकारी गराइएन । उनी आफ्ना प्यारा पतिको तातो प्रेममा वाँधिने सपनामै रमाई रहेकी थिईन् तर विधिको विधान अर्कै भैसकेको थियो ।
लासलाई हवाइजहाजवाट अरववाट काठमाण्डौ पठाए त्यहाँका नेपाली दाजुभाइहरुको सहयोगले । पुरुषहरु मात्र सपरिवार र ससुरालीका परिवारहरु सवै एयरपोर्ट पुगेका थिए, महिलाहरु कोही पनि त्यहाँ उपस्थित थिएनन् र पर्ूण्ात वन्देज लगाइएको थियो । गुठियारहरु पनि वोलाइएको थिएन कारण उसको पत्नीले थाहा पाउँलिन् भनेर । लासलाई एयरपोर्टवाटै पशुपति आर्यघाट लगी हिन्दु परंम्परा अनुसार दाहसंस्कार गरी यो संसारवाट मेरो पतिको जस्तै अस्तित्व समाप्त गरियो ।
घरमा हामी पाँच वुहारी रहेका छौ । चार भाइ छोरा जिवितै छन् । यस मृत्युको केही महिना अगाडि पाँचौ छोरा अर्थात मेरो पति भन्दा दुइटा तलका भाइले टोलकै उनको अर्कै जातकी प्रेमिकालाई भगाई ल्याइ सकेका छन् । पाँच वुहारी मध्ये दुइ वुहारी विधवा छौ । अरवमा मृत्यु भएका भाई वुहारीलाई क्रिया वस्नको लागि र चिता जलाइ सके पछि मात्र उनको पतिको मृत्यु भएको र अन्य वृतान्तहरु विस्तारले सुनाइए । उनी पनि रोइनन् । आँखावाट आँसु पनि झरेनन् । वोली पनि फुटेनन् । टोलाएरै उनले पनि तेह्र दिनको काम सिध्याएर सोही दिन देखि सेतो लुगा त्यागेर आफुखुसी लुगा लगाई माइतमा नै वस्दै आइरहेकी छिन् । उनका एक छोरा नभएको भए शायद उनीलाई विवाह भएको छैन जस्तो लाग्थ्यो होला । उनको पति वित्दा उनी उन्नाईस वर्षकै मात्र थिइन् । उनले पनि उसको पतिको अनुपस्थित मै छोरा जन्माइन् । म र उ मा मात्र यति फरक छ की उनका आमा बुवा छन् र उनीलाई खुव माया गर्छन् र उनीहरुको रेखदेख मै माइत मै वस्दै आइरहेकी छिन् । मेरो माइतमा मेरो आफ्नी आमा छैनन् र सौतेनी आमाले मलाई रुचाउन्निन्, गरिवको कारण मेरो बुबाले मलाई सहयोग पुर्‍याउन पनि सक्नु हुन्न । उनको पतिको पैसा उनको र उनको छोराको नाममा छ र चाहेको समयमा खर्च गर्न निकाल्न सक्छिन् । उनको लागि आर्थिक समृद्धि र उनका आमा बुबाको अपार माया छ र मेरो भागमा यी दुवै छैन र मात्र एउटा नाम त्यो हो प्रजातन्त्र पुनः वहालीका “शहिदको विधवा पत्नी” ।

यस घरमा एक घटना पछि अर्को घटनाहरु घटिरहेका छन् भने सरकारमा पनि सत्ताको खेलहरु निक्कै भएका छन् । वहुदलको घोषणा पछि गठन भएको देशको अन्तरिम सरकारले जनताले सुम्पेका कामहरु गर्दैछन् यस क्रममा उक्त सरकारले २०४७ सालमा वेस्ट मिनिस्टर शैलीको नयां सम्विधानको घोषणा गर्‍यो जसमा राजा सम्विधान भित्र रहने प्रावधानहरु भएका छन् र सरकार प्रमुख कार्यकारी तवरले शक्तिशाली भएकोे छ । यही सम्विधानको अन्तरगत रही २०४८ सालमा वहुदलीय प्रजातन्त्र प्रणाली वमोजिम चुनाव गर्दा कांग्रेसले सरकार वनाउने वहुमत प्राप्त गरेको छ । कांग्रेसको सरकार आफ्नै सांसद सदस्यहरु प्रतिनिधि सभामा उपस्थित नभई दिंदा अल्पमत हुन पुगेको सम्झी प्रधान मन्त्रीले संसद विघटन गरी चुनाव गर्ने घोषणा गर्‍यो तर यस चुनावमा कांग्रेस, कम्युनिष्ट दुवैले वहुमत ल्याउन सकेनन् र तेस्रो शक्तिको रुपमा पञ्चायत शासनकालमा विभिन्न पदहरु संभाली सकेका अनुभवी व्यक्तिहरुले संञ्चालित राप्रपा पार्टर्ीी प्रतिनिधि सभाका सिटहरु हात पारे । सरकार एमालेले संसदमा ठूलो पार्टर्ीी हैसियतले वनाएको छ तर यसले नौ महिना भन्दा बढी सरकार सञ्चालन गर्न पाएन । यस पछि बनेका खिचडी सरकारहरुले वहुदलीय प्रजातन्त्रको उपहास मात्र गरेनन् की देशलाई यस्तो परिस्थितिमा पुर्‍याएको छ जहां गौतम वुद्धको शान्तिप्रिय जनतामा हिंसा र अशान्तिको भयावह स्थितिमा परिणत भएको छ । जनता गरिव भएका छन् । नेताहरु कर्ुर्सर्ीीे लागि मरिहत्ते गर्दैछन् । कर्ुर्सर्ीीदलाई दिए जो पनि ठीक, कर्ुर्सर्ीीदिए सवै वेठीक । देशमा भ्रष्टाचार वढेको छ यहां जसले जति भ्रष्टाचार गरे पनि हुने भएको छ । म जस्ता वेसहारा महिलाको लागि कसैले वोली दिने छैन । परिवारले मलाई सहारा, सहयोग र ढाढसको सट्टा, दुखः, पीडा र उत्पीडन गर्दै छन् । यी असीमित वेदनाहरुले कठोर भएको मुटुमा कठोरता उत्पन्न भएको छ । मौलिक हकको उपभोग गर्दै, साम दाम दण्ड भेदवाट समेत आफुलाई सुरक्षित वनाई एउटा निश्कर्षा पुगेकी छु । अव यही कोठामा सुरक्षित रही परिवार संग भिन्न वसेर खाने र आफ्नै कमाई गरी जिविका चलाउने, ममा दृढ निश्चित बनेका अटल विश्वासलाई कार्यरुप दिन प्रयासरत छु र मौकाको तलासमा छु ।
कर्ीर्तिपुरलाई काठमाण्डौ जिल्ला भित्रको दोस्रो नगरपालिकाको दर्जा प्रदान गर्दै कर्ीर्तिपुरलाई नगरपालिका क्षेत्र घोषणा भएको छ । यस नगरपालिकाको पदाधिकारीहरुको चुनाव सम्पन्न भई यसको पर्ूण्ा गठनको सिलसिला पनि भई रहेको छ । यस क्रममा, मैले पनि वांकी जीवनको दैनिक समस्याहरु र्टार्न र छोराको स्याहार सुसार र पर्ढाई खर्चको लागि काम गर्ने मनसुवा राख्दै सो नगरपालिकामा जागिर खाने इच्छा गरेकी छु ।
मेरो इच्छालाई सम्मान गर्दै नगरपालिकाका पदाधिकारीहरुले “विधवा शहिद पत्नी” कै मागको रुपमा लिई मेरो शैक्षिक योग्यता नभएको कारण मैले गर्न सक्ने काम र अवस्थालाई ध्यानमा राखी पिउन पदको जागिर दिएका छन् र यो मेरो लागि अति ठूलो उपलब्धी तथा जीवन गुजाराको लागि ठूलो महत्वको हुन पुगेको छ । नगरपालिकाको आन्तरिक कागज पत्रहरु ओसार पसार गर्ने तथा साधारण पदीय दायित्व भन्दा बाहिरको काम गर्नु पर्ने छैन ।
आय स्रोत व्यवस्था मिलेकोले छोरा र म परिवार संग छुट्टिएर एउटै कोठामा खाने वस्ने सुत्ने गर्दै आएका छौं । छोरा ठूलो हंुदैछ र स्कूल जान थाली सकेको छ । म अफिस जाने उ स्कूल जाने । उ स्कूलवाट फर्केर बाजे बज्यै संग खेल्दै गर्दथ्यो र अफिसवाट फर्केर खाजा बनाई खुवाउने, खाना बनाइ खाने र सधै जस्तो छटपटाउदै निदाउथे, म । उसको याद अँाखा चिम्लिन थाले देखि हुन थाल्दछ । यादै यादमा संम्झनै संम्झनामा उ वास्तविकतामा प्रकट हुन्छ र हामी सामान्य जीवनमा जस्तै उन्माद हुन्छौ, शरीर फुलेर रोमाञ्चक हुन्छ, यौन तृप्तीले असहृयि भएका हामी दर्ुइ कामोत्तेजनाको उत्कर्षा पुग्न उ ममा खप्टेर चलायमान हुन्छ दुवै स्खलित भएका हुन्छौ तर चिसो हावाको लप्कामा हल्का निन्द्रा खोल्दा खाटमा म एक्लै पाउंदा गहिरो विष्मयले पक्ष्याघात गराउंछ, मलाई । मन रुन थाल्दछ, शरीर शोक मनाउन थाल्दछ, आँखावाट आँसु वग्न थाल्दछ । शरीर पसिनाले भिजेको छ, कडा भएर स्थुल वनेको स्तनमा नसाहरु तन्कन थाल्दछ, जाँघ चिप्लो पानीले लथपथ भएको छ । सिरानी आंसुले लथपथ हुन पुगेको छ । आफैले आफुलाई संभाल्दै, आफैले आफुलाई सान्त्वना दिदै, भिजेको सिरानी अर्कै तीर फाली, भिजेको जांघलाई कपडाले पुछेर पुन निदाउने प्रयास गर्छु यतिकैमा विश्वविद्यालयको साइरनको आवाज वज्न थालेको हुन्छ । न्रि्रा त अव पर्ने छैन र उठेर कोठा वाहिर जाने मन पनि छैन । लोलाएका आंखा, शिथिल भएको शरीर, निरास भएको मनलाई टोलाउदै खाटमै कोल्टे पर्दै छोरालाई सुमसुम्याएर वसिरहन्छु धेरै वेर सम्म जव सम्म वाध्यता आई पर्दैन ।

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/08/28/31/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here