सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

August 28, 2006

पहिलो अनुभवले होला म अत्यधिक डराएकी छु

शहिदको विधवा पत्नी - ५

नेवारी चलन अनुसार चार दिनको काम सम्पन्न भयो । सात दिनको काम सम्पन्न भयो । एघार दिनको काम पनि सम्पन्न भयो । सरकारले आन्दोलनको सिलसिलामा मरेका व्यक्तिहरुलाई शहिद घोषणा गर्दै जाने वतायो र शहिद परिवारलाई सरकारी ढुकुटीवाट मान तथा आर्थिक रकमको सहयोग गर्ने पनि अन्तरिम सरकारको प्रधानमन्त्रीले वताउदै छ ।
मेरो पेट क्रमिक रुपमा वढदै छ । मेरो रुप रंग वेमौसमी भएको छ । मेरो सासू ससुरा पुरानो विचारधाराका, पौराणिक परंम्परामा, नेवार रितिरिवाजमा रहनु पर्ने भएकोले मलाई पोइ टोकुवा संज्ञा दिई सरापी रहन्छन् । मलाई यो अवस्थामा पनि कुनै राम्रो हेरविचार गर्ने गरेका छैनन् । माइती पनि गरिव कुल भएको र गर्भवती समेत भएको कारण धेरै लामो त्यहां वस्न सक्ने अवस्था पनि छैन । जीवन कहाली लाग्दो हुन पुगेको छ । सासू विहान उठे देखि मलार्इर्र्सराप्न थाक्नेवाली छैनन् । ससुराको पनि म प्रति सहानुभूति राम्रो छैन । देवर देउरानीहरुको सम्झाइ वुझाइमा म मेरो जीवनलाई जीवन दिइरहेकी छु र म भित्र हुर्किरहेको मेरो शहिद पतिको सन्तानलाई हुकाइ रहेकीछु । जीवन, यो सत्र वर्षो उमेर अभिशाप लाग्न थालेको छ र कीर्तिपुरका जनता माझ र देशका राजनेताहरु माझ म निर्जीव, निरस, आशा र अभिलाशा विहीन भएर शहिदको विधवा पत्नीको नाउँमा वाँच्न विवश भएकी छु, शहिदको निशानीलाई आफ्नो गर्भमा हुकाउदै । यही कीर्तिपुरमा पुराना विचारधारामा वाँच्ने अधवैसे महिलाहरु मलाई नै टोक्छन् र कसैले मेरो पेटमा हुकदै गरेको मेरो सन्तानलाई दोष दिन पुग्दछन् । मन त्यसै छिया छिया भएको यो वेला यी वाक्यहरुले अस्तित्वहीन जिउँदो लासमा परिणत भई र होस् विना नै अंगहरु चलिरहेको हुन्छ, सुद्धी हराएको मानिसमा विवेक शुन्य भई ।
दिंउसो देखि सञ्चो महशुस भएको छैन । पेट सुस्तरी दुख्न लागेको छ । जीउ भरी भएको छ । चल्न, हिडडुल गर्न आंटमा साहस आईरहेको छैन । यसै कारणले काम नगरी कोठामा सुत्न आइ पुगेकी छु । ओछ्यानमा उसको यादले मलाई मर्माहात तुल्याउन थालेको छ । मेरा हातहरु उसलाई खोज्न थाल्छन् तर निरास भएका यी हातहरु चिसो ओछ्यानमा नै अधमरो पल्टिन्छन् । यो समय उसको एकदमै आवश्यकता थियो । मलाई, उ संग वितेका दिनहरु, उ संग वितेका पलहरु, खास गरी उ संग सहभागी भएका यौन आनन्दका क्षणहरु, यो एक्लै वस्दा झझल्को दिने ओछ्यानमा ओढाइएको तन्नाले एकोहोरो भएर सोच्न वाध्य वनाउँछ । र, मेरो यो जवानीको वर्षा प्रकृतिले पुनः पुनः चाहानाले सताउने गर्दो रहेछ, त्यो क्षणलाई सम्झदै । पेट दुख्न विस्तार वढदैछ र योनीवाट पनि विस्तार धेरै पानी वग्न थालेको महशुस भएको छ । अंग सिरिङ्ग भयो । पहिलो अनुभवले होला म अत्यधिक डराएकी छु । जीउ लगलग काम्न लागेका छन् । निधारवाट चिटचिट पसिना वग्न थालेको छ र म यी सव पीडा सहन गरेर वस्न वाध्य भएकीछु ।
जसै समय छिप्पिदै जादैछ प्रसव वेदनाले असहृय हुदैछ । सासू, ससुराले, घर परिवार सवैले थाहा पाए पछि हस्पिटल जाने तरखरमा आवश्यक चांजोपांजो मिलाउन सवै व्यस्त हुन लागे । उ भएको भए कति हर्षे आउने सन्तानको लागि व्यग्रताका साथ दौडी रहेको हुन्थ्यो । म कति भाग्यमानी हुन्थे, एउटा हिष्टपष्ट सन्तान उसको हातमा राखेर भन्थे “यो त्रि्रो सन्तान तिमी जस्तै” तर यो आकांक्षा त्यही दिन समाप्त भएको थियो । यो त पीडा संग उम्रेको अधुरो सपना मात्र हो ।
पीडाको चर्को क्षणसंग एउटा नौलो अनुभूति पनि प्राप्त भएको छ । जिन्दगीमा एउटा आमाले पाउने सुखको अनुभव भएको छ । पीडा विर्सर्ेेमातृत्वको अपार प्रेम र स्नेह पलाएको छ । वगलैमा सुताएको छोराले समस्त दुख, पीडा, उत्पीडन, शोक, भरखरै धरतीमा उम्रेको, शहिद र मेरो प्रेम प्रतिक, यो सन्तानले शीतल, शान्त र आनन्दको अनुभूति दिलाएको छ । कैयौ महिनादेखि रोइ रहेको मनमा नरम हांसोको उर्त्र्सग गराएको छ र बाँच्नको लागि कोमल सहाराको किरण देखा पर्न लागेको अनुभव हुदैछ । एकै छिन मैले, यो सन्तानको अनुहारमा उसको अनुहार देखेर अति हर्षे रोमान्चित भएकीछु । एकै छिनमा मेरा अन्तर मनमा लागेका धेरै कुराहरु एकै मुस्कान र एकै नजरमा भनी सिध्याएर जीवन हलुको महसुस भएको भान पर्न गएको छ, मलाई । छोरालाई, उसले हल्का हातले र्स्पर्श गर्दै हल्का मर्दनवाट आहत भएको समयमा त्यस अन्तिम रात स्तन चुसे पछिको यो नै पहिलो मेरो स्तन पान गराउदै छु । जीवन साथीको हैसियतले र आज जीवन दायिनीको हैसियतले । आज मेरो स्तनवाट अमृत वगेको छ र ती रातहरु जुन उ संग विताएको थिएँ, यी नै स्तनवाट माया, प्रेम, यौवनका वासनाहरुवाट तृप्त गराएको थिएँ, उसलाई । यी स्तनहरु उही हुन तर यसवाट दुइ जीवनको भिन्ना भिन्नै रोमाञ्चकताको अनुभव वटुल्दै पर्ूण्ा महिलाको अविस्मरणीय क्षणहरु विताइ रहेकीछु ।
अस्पतालवाट घरमा आई सकेका छौ र न्वारनको कामहरु पनि विधिवत भै सकेको छ । यो छोराको नाम हामीले “प्रजावीर” राखेका छौ । म शहिदको छोराको पालन पोषण गर्दै छु, कांग्रेस नेतृत्वमा बनेको अन्तरिम सरकारको शिशु वहुदलीय प्रजातन्त्रको पालन पोषण गर्दैछ र यस शिशु प्रजातन्त्र जोगाउन सवै संग दुहाई माग्दैछ । उनीहरु देशको सम्पर्ूण्ा स्रोतहरुको उपयोग गर्दै शिशु वहुदलीय प्रजातन्त्रको भरण पोषण गर्दैछ र म, ममा भएको एउटै मात्र मेरा स्तनहरुवाट वग्ने प्राकृतिक पोषणवाट शहिदको यो नासोलाई भरण पोषण गराउदै छु । म संग पैसा छैन र घर परिवारवाट प्राप्त हुने खाना वाहेक कसैले, केही अन्य खुराकको व्यवस्था पनि छैन । तै पनि म सुत्केरीका नियमित खाना खादै मोटाउन थालेकी छु जस्तै अन्तरिम सरकारका प्रधान मन्त्री र मन्त्रीहरु पनि हिष्टपुष्ट देखिन थालेका छन् ।
सरकारले मेरो पतिलाई पनि शहिद घोषणा गर्‍यो र शहिदका आश्रति परिवारहरुलाई रु. एक लाख आर्थिक सहयोग गर्ने पनि घोषणा गर्‍यो । म हर्षे एक क्षण विभोर भएँ । यो छोरा र मेरो जिन्दगीको लामो सफरको लागि गोरेटो वाटो सावित हुने ठानेर । मैले, त्यो पैसाको माध्यमवाट छोरालाई हुकाउने, उचित शिक्षादिक्षा दिने देखिका धेरै कुराहरुको सोचमा डुब्न थाले । दिनहरु छोरासंग खेलेर, घरको कामकाजसंग भुलेर, छरछिमेकको आश्वासन र धैयताको आत्मवल साँचेर वित्दै गए । म सुत्केरीको अवस्थावाट उम्की सकेकी छु, गर्भवती समयको आलस्यता पनि छैन । टिनएज, यो छोराको आमा म, ममा अझ वढी यौवनका निखारहरु चम्किन लागेको छ र कुनै कुनै दिन म उसलाई सम्झी, उसैको कल्पनामा खेल्दै, यो शरीरमा उम्रने यौन इच्छाको ज्वारभाटालाई आत्मरती गर्दै शान्त र शीतल वनाउन विवश भएकी छु । सेता सारी र सेतै व्लाउज, तन्काएर वाँधिएको कपाल, खाली निधार, प्राकृतिक अनुहारमा वाँधिएको मेरो गहँ गोरो वर्ण्र्ााठिक्क पातली, र पाँच फिट चार इञ्चको मेरो वर्ण्र्ाालामा उद्भव भएको यौवनको निखारतामा सरस वग्दै गरेको जीवन पथमा म वग्दैछु र रातहरु, सदा झै विरक्त, उराठलाग्दो, निस्तव्यतामा छोराको मुख हेर्दै वितिरहेका छन् । यो सानो उमेरमा विधाताको विधिवाट हुन पुगेको विधवा, मेरो सासूको मुखवाट सरापी रहने शब्द अनुसार म पोई टोकुवा र यो मेरो सानो अवोध वालकले पाएको उपनाम “गर्भ मै बाबु टोकुवा” र म भित्रवाट पलाई रहने यौनोकांक्षाको संगम र अन्तरद्वन्दमा कहिलेकाही हिष्टेरियावाट भाउन्न भई वहुलाउन पुगे जस्तै हुन पुग्दछु । दिनहरु वित्नलाई ठूलो समस्या हुन पुग्दछ र रातहरु वित्न अझै कठिन महसुस हुन पुग्दछ । दिनमा रात आँउन लामो लाग्दछ भने रात भएपछि उज्यालोको झुल्को कहिले होला भनी असैहृय हुन थाल्दछ । विस्तार विस्तार घरमा कचकच बढ्न थालेको छ र मलाई सवै परिवारले तिरस्कार गर्ने क्रम बढने क्रममा छ । छोराहरु र छोरीहरुको खाँचो नभएको यो घरमा, वुहारीहरुको कुनै महत्व छैन, सासु र ससुरालाई, छ त आफ्नो आफ्नो श्रीमानलाई, विहे भै सकेका दुइ दाजुहरु र भाउज्यूहरु दुख र सुखमा पनि रमाई रहेका छन्, विहे हुन वांकी तिन देवरहरु र वहिनीहरु आफ्नैपनमा रमाएका छन् ।
वहुदलीय प्रजातन्त्र प्राप्ती पछि शहिद आश्रति परिवारलाई सम्मान गर्ने लहरहरु चल्न लागेको छ । कांग्रेसहरु, कम्युनिष्टहरु र अन्य राजनैतिक पार्टर्ीी विभिन्न कार्यक्रमहरु वोकी समारोहहरु आयोजना गर्दैछन् र यी कार्यक्रमहरु कीर्तिपुरमा पनि बेलावखत आयोजना भई रहने गर्दछ र ती समारोहहरुमा मेरा पतिको तर्फाट मेरो ससुराले नै सरिक हुदै आइ रहनु भएको छ, शहिद पिताको रुपमा । दोसल्लाले ओढाइए, मालाहरु पहिराइए, टिभिमा अन्तरवार्ताहरु प्रसारण भए, रेडियोमा कार्यक्रमहरु बनाइए तथा उपहारहरु पनि वाँडिए । यी र यस्ता कार्यक्रमहरुले हामी आमा छोराको लागि कुनै महत्व भएन र हामीलाई शहिद पत्नी वा शहिदको नावालक सन्तानको रुपमा कहिं कतै वोलावट पनि भएन र चिनारी पनि भएन । दुखहरु सँगाल्दै, कुण्ठाहरुको पोका पार्दै मन र तनलाई खुम्च्याउनु वाहेक हामी संग थिएन पनि केही ।
शहिदहरुको आश्रति परिवारको लागि सरकारले रु. एक लाखको थैली वितरण गर्‍यो । मेरो सपनाले वास्तविकताको अनुभव गर्न थाल्दै थियो तर उक्त रकम जेठो जेठाज्यु र मेरो छोराको नाउँमा बैङ्कमा खाता खोलेर राखियो र त्यसको व्याजले छोरोको केही खर्च र घरको खर्चमा खर्चिने हुन थाल्यो । माईतमा पनि सौतिनी आमाको कारण दुखलाई भुलाएर वस्न सक्ने वातावरण पनि छैन, त्यसकारण म वाध्यतावस कर्ीर्तिपुरमा नै वस्दै आएकी छु । घरमा कचकच अझै चरम सीमामा चुलिन लागिरहेको छ र मलाई यस घरको वोझ र कलंकको रुपमा चित्रण गरिन लागि परेका छन् ।
चौथो छोराको विहे पनि मेरो जस्तै गरेर सम्पन्न भएको छ । उनी भाजंगलकी हुन र उनको पनि सानै उमेरमा विहे भएको छ र उसका श्रीमान पनि सिकर्मी काम गर्ने गर्दछन् । मेरो छोरा हिड्न सक्ने भै सकेको छ । मेरो गफ गर्ने साथी भएको छ र उसका हजुरआमा, हजुरबुबा, ठूलो बुबाहरु, काका काकीहरु संग गफ मार्दै ती गफहरुको वुदाँहरु मलाई सुटुक्क कानमा आई भन्न सक्ने भइसकेको छ । ममा गति उत्पन्न भएको छ मेरो छोराको कारण । म कुनै पनि निश्कर्षलिन सक्षम भै सकेकीे छु, मेरो छोराको साहसका कारण ।
धेरै विवादहरु हुन थालेकोले म उक्त परिवारवाट भिन्न वस्ने मनस्थितिमा पुग्न थालेकी छु । जेठो दाजु अलग हुनु भएको छ । माहिलो दाजु पनि अलग्गी सक्नु भएको छ । कोठा कोठामा स्टोभ बल्न थालेको छ । उनीहरुको संङ्गलो परिवार, वालवच्चा, श्रीमानको कमाई, आफ्नो धेरथोर कमाई, परिवारिक रथ हाँक्न उनीहरु सक्षम छन् तर मेरो अपाङ्ग परिवार, सहाराहीन परिवार, कमाई गर्न नसक्ने परिवार, चाहेर पनि केही गर्न नसक्ने हामी आमा छोरा, किर्ंकर्तव्यविमुढ छौ ।

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/08/28/p150/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here