यौवनका मस्काइहरुले एकछत्र अधिकार गरेको छ
देशमा वहुदलीय प्रजातन्त्रको उपयोग गर्दै, पार्टी विखण्डन हुने, एकीकरण हुने र सत्ताको लागि कुनै पनि समायोजन सही सावित गर्ने प्रक्रियाहरु हुन लागि रहेका छन् । सरकारमा वसी पद जोगाउन कुनै पनि उपायहरु अपनाई रहेका छन् । एउटा कम्युनिष्ट घटक वहुदलीय प्रजातन्त्र स्वीकार गरी वसि सकेको पनि यी असामान्य खिचातानीले वहुदलीय प्रजातन्त्र स्वीकार नगर्ने अर्को कम्युनिष्ट घटक संग मिली वर्तमान संसदिय प्रजातन्त्र विरुद्ध व्रि्रोहमा लागेका छन् । राजनीतिक पार्टीले यो संसदीय प्रजातन्त्रको राजनीतिक फाइदाहरु प्रशस्त उठाइ रहेका छन् तर गरिव जनताहरुले प्रजातन्त्र पछिको जुन आर्थिक क्रान्तिको परिकल्पना गरेका थिए त्यसको महसुस पनि गर्न पाइरहेका छैनन् ।
म, नयां जागीर, नयां मान्छे, नौलो वातावरण, नयां नयां मानिसहरुको सर्म्पर्कले उत्साही भएकी छु । एउटा कोठामा, परिवारिक हैकम भित्र खुम्चेर वांच्न वाध्य भएकी म यहां खुल्ला आकासमा उडान भर्न पाउंदा, अफिस समयमा काम, हांस खेल, ठट्टाहरुले गर्दा समय वित्दै गएको थाहा नै भएन तथा मैले पाएको उन्मुक्त वातावरण र घरमा पनि छुट्टएिर वसिसकेको अवस्थामा आफ्नो धरातल पनि विर्सर्ेेे मलाई याद नै भएन । दिनहरु रोमाञ्चकतामा वित्न थालेको छ । छोरा पनि स्कूलमा रमाई रहेको छ र उसलाई आवश्यक पर्ने वस्तुहरुको सुलभ आपर्ूर्ति गरी दिंदा उ पनि खुसी भएको छ । आर्थिक अवस्थामा आएको परिवर्तन, खानपानमा आएको परिवर्तन, काममा र कामकाजी महिला हुंदामा आएको परिवर्तन तथा दैनिक कार्यालय जानु पर्दा गर्नु पर्ने श्रृगारले गर्दा ममा निकै परिवर्तन आएको छ । ममा सुन्दरता थपिन थालेको छ, ममा लचकता बढेको छ, ममा चञ्चलता बढेको छ, ममा पुनः एकपटक लजालुपन र यौवनका मस्काइहरुले एकछत्र अधिकार गरेको छ । मेरो पातलो शरीरमा मांसपेशीहरु कसिन पुग्दा र यौवनमा फक्रेको यो आठ वर्षदेखि अछुत भएको शरीरमा यौवनको सुवासहरु वहन थाल्दा म कस्तुरी मृगलाई के थाहा मेरो नाभीवाटै सुगन्ध वहेको छ भनेर । म कुनै पनि कोणवाट यति आर्कषणयुक्त भएकी छु की वाटामा हिड्ने लोग्ने मानिसहरुको आंखा ममा नतानि रहन नै सक्दैन । म विधवा हुं, त्यसमा पनि शहिदको विधवा । विधवा ममा लादिएको पनि होइन, र म विधवा वाध्यतावस भएकी पनि होइन । म विधवा भै सकेकी हुँदा म मा यौवन आउन हुदैन भन्ने पनि छैन र म भित्र असिम यौन चाहाना हुनु हुन्न भन्न पनि सकिदैन यी सव त प्राकृतिक देन हो । सामाजिक नियमको वन्धनमा रहन सक्नु र नसक्नु त्यो आफ्नो आत्मवलको क्षमतामा भर पर्ने कुरा हो । मेरो चञ्चलतामा, मेरो निक्खर जवानीमा र मेरो रुपमा मानिसहरुको आकर्षा बढन लागेको मलाई पनि महसुस हुन लागेको छ र यही रोमाञ्चकताले म अझै उत्ताउली हुन पुगेकी छु । म अव श्रृंगारलाई बढी ध्यान दिन थालेकी छु र ऐनामा आफ्नो शरीरलाई ओल्टाइ पल्टाइ हर्ेर्ने वानी पर्न थालेको छ । यसै क्रममा म संग मेरो कार्यालय मै काम गर्ने पुरुष कर्मचारी म संग नजिक पर्न बहाना वनाई वनाई आइपुग्छ र मलाई पनि उसको आगमन मीठो लाग्छ । उसको कुराहरुमा मिठास लाग्छ र उसको कुराहरु मेरो मनले स्वीकार गर्दछ । म उसको कुराहरुको मुस्कुराएर जवाफ दिन लागि परेकी छु । मलाई चाहेर होइन, मेरो मन प्राकृतिक रुपले नै उ संग विस्तार विस्तार आकषिर्त हुन थाल्दछ । उसको संम्झना अनायास मै वीच वीचमा आएर मेरो एकाग्रता भंग गर्ने गर्दछ । कार्यालयमा हामी समयको फाइदा उठाउदै कुराहरु गर्न वस्दछौ । भलाकुसारी । उ विवाहिता हो । उसका श्रीमती, तीनजना सन्तानहरु पनि छ र उ गरिव भएकोले एउटा सानो घरमा सुख दुखका साथ जीवन चलाई रहेको छ । मेरो पुरुषसंगको लामो अछुतताको कारणले हो वा लामो तृष्णाले हो वा एक्लोपनाले हो वा लामो जीवनको एक्लो कहाली लाग्दो सफरको यादमा हो वा मेरो जीवनमा उम्रेको पहिलो प्यारले हो, म उ संग आकषिर्त भएकी छु र उ, ममा बढी दिलचस्पी लिइ मेरो प्रेममा प्रेम भर्न तल्लीन छ । मेरो शहिद पति प्रेमी होइन पति थियो । हाम्रो प्रेम थिएन, लमीको माध्यमवाट भएको विवाह, त्यो पनि सोह्र वर्षपुरा हुन मात्र लाग्दै थियो । विवाह भयो, विवाहको पहिलो रात मै विवाह हुनुको कारण पुरा गर्यौ र उ मेरो पतिदेव थियो । म उसको लागि पतिको मर्ुर्त्तिको रुपमा माया गर्थे । एउटा प्रेमीको हैसियतले होइन । म उसलाई पतिको हैसियतले माया गर्थे । “रामकृष्ण” मेरो भावनामा प्रेमीको रुपमा आइपुगेको छ । प्रेम रस र पतिको मायामा मैले भिन्नता पाएकी छु । छोराको लागि ममता, पतिको लागि माया र प्रेमीको लागि भित्री मनवाट उम्रेको प्रेम रस यी सव मायाका पृष्ठभूमिहरु फरक फरक भएको लाग्दैछ, मलाई ।
हाम्रा भलाकुसारीहरु प्रेममय वार्तामा परिणत भएको, मेरो एकांकीपन विस्तार हटेर जांदैछ र यो संसारमा एक्लो छैन भन्ने लाग्न लागेको छ । हामीले भविष्यको कुनै हैक्का नै गरेनौ, न मैले मेरो छोराको विचार गरे, न परिवारको, न उसले उसको परिवारको ख्याल गर्यो, न उसको छोरा छोरीहरुको । कार्यालयमा सके सम्म कम हल्ला होस् भन्नेका खातिर कम समय मिल्थ्यौ । ममा वानी वेहोराहरुको परिर्वतन देखिन थालेको छ र छोरालाई पनि हप्काउन पछि नपर्ने हुन पुगेकी छु । विदाको दिन हाम्रो मिलन, घुमाईहरु कर्ीर्तिपुर देखि टाढा राम्रो लाग्दथ्यो । दिनहरु एकोहोरिन थाल्दैछ र छोरालाई रुवाएर भए पनि उसलाई भेटन विदाका दिनहरु उपयोग गर्दथें । वाटोसम्म रुंदै पछि लागेको छोरालाई पनि छोडेर उसलाई भेट्न आतुर हुन्थ्यो मलाई । उसको अनुभवी हातहरु मेरो शरीरमा एकान्तको आभास हुने वितिकै रमाउन थाल्थे, वेरोकटोक उत्ताउला भएका उसका हातहरु मेरो शरीरका गोप्यताहरु भंग गर्दै, सात वर्षदेखि जड भएको स्थुल स्तनहरु, गुप्तांङ्गमा समेत सलवलाउन पुग्दा म त्यही विचलित भई दिन्थे र उसको हातमै म स्खलित हुन पुग्थे । मेरो हात उसको पाइन्ट भित्र अनियन्त्रित भइदिंदा, उ मेरो हात मै स्खलित हुन वाध्य हुन्थ्यो । एकान्तको अभाव, उपयुक्त स्थानको अभाव र मौकाको प्रतिक्षा तथा शहिद पत्नीको लिवास मैले छोड्न सकेकी छैन र उसलाई म माथि संभोगमा हावी हुन दिएकी पनि छैन अहिले सम्म । मनमा कता कता अझै तीखो सुइरोले घोप्छ प्रेमीको अगाडि पतिको र मैले जन्माएको त्यो छोराको तर कठिन हुदैछ यही स्थिति वनाई राख्न । पतिको स्मृति र झीनो याद, छोराको मलिन अनुहारमा अडिग रहन ।
एक दिन उसले मेरो छोराको बाबु वन्न सिफारिस गर्यो, उसलाई यौवनावस्था सम्म पुर्याउने वाचा पनि गर्यो र मलाई संरक्षकत्व प्रदान गरी श्रीमती बनाई बस्ने अनुरोध पनि गर्यो । यी प्रस्तावले म भावविव्हृल भए र मैले विधवारुपी खोल फ्याल्ने निधो मन मन मै गरी उसलाई पति स्वीकार गर्ने
निधो पनि गरे । सुटुक्क ।
८८८८८
दर्ुइ दिनको विदा पारेर आज हामी काठमाण्डौ वाहिर घुम्न निस्केका छौ । टोल र गल्लीहरुमा मेरो कुरा गन्हाउन थालेको छ । मलाई देख्ने जो कोही पनि कानेसाउती गर्न थालेको मैले प्रत्यक्ष महसुस गर्न थालेकी छु, यसकारण हामी दर्ुइ लामो समय दिएर प्रेमालाप गर्न सकिरहेका छैनौ । आजसम्म हामी हातको र्स्पर्स, हस्तर्घष्ाण, चुम्वन र मीठा मीठा प्रेमका कुराहरु गरेरै एक आपसलाई तृप्त गर्दै, चरम आनन्दको अनुभूति लिदै उत्तेजित यौंनलाई शान्त पार्दै आई रहेका थियौ ।
छोरालाई उसको हजुरमुमाको संरक्षकत्वमा राखी माईत जाने वहाना वनाई निस्केकी छु । हातमा झोला र सो झोलामा रातो, कलेजी र हरियो मिसाइएको वुट्टेदार सिफनको सारी र सोही रंगसंग मिल्ने व्लाउज पनि छ जसलाई वाटोमा फर्ेन भनी ल्याएकी हुं । छोरा नौ वर्षभै सकेकोले कोठामा खानेकुरा वनाई भोक लागेमा र समयमा खान पनि भनी आएकी छु । हामी दर्ुइ पे्रममा यति सम्मोहित भै गहिरिएर पसिसकेका छौ की साधारण कानेखुसीले हामीलाई विचलित तुल्याउने छैन र समयको पर्खाइ संगै हामी दुइको एकीकरण हुनेछ । यही आर्कषणले गर्दा उ र म बसमा मीठामीठा सपना संगाल्दै दायां वायांका हरिया पहाडहरुमा आंखा विसाउदै कुरिनघाट आईपुगेका छौं मनकामनाको दर्शन गर्न । मनमा भएको मैला पखाल्न, विगतका दुख विर्सन, शहिदको विधवा खोल उतार्न, नौ वर्षदेखिको यो शरीरमा उब्जेको प्राकृतिक यौन तृष्णा मेटाउन र दोस्रो पतिको रुपमा उसलाई स्वीकार गर्न, म यो हरियाली पहाड माथि माथिवाट वग्दै गरेको केवलकारमा वस्दै, उ संग टांस्सिदै सम्पर्ूण्ा खुसियालीको स्मरण गर्दै अंगाल्दै पलपल विताई रहेकी छु ।
देशमा तेस्रो निर्वाचन भएर कांग्रेसको वहुमत सरकार स्थापना भएको छ । जनताले वहुमत सरकारवाट र प्रजातन्त्रको पुनरस्थापना पछि राहतको ठूलो आसा लिएकोमा सो भै रहेको छैन । विरोधहरु जताततैवाट भएको छ, राहत सीमित व्यक्तिहरुलाई राजनैतिक आस्थाका आधारमा हुन थालेको देखेर अधिकांश जनताहरु खुसी छैनन् । प्रजातन्त्रले पञ्चायती व्यवस्थाको भन्दा उच्च प्रगति गर्ने र जनताले सवै क्षेत्रमा विकासको आसा गरे भन्दा वढी सुख, सुविधा र सुरक्षाको अनुभव हुने विश्वास लिएकोमा सो नभई पञ्चायती व्यवस्था भन्दा पनि नराम्रो हुन थालेकोले जनता चिन्तित देखिन्छन् र नेताहरुलाई विकासको वाटोमा राम्रो संग लाग्न नै विरोध गरी रहेको देखिन्छ । एमालेको विखण्डन र राप्रपाको विखण्डन भए पश्चात सम्पन्न भएको चुनावमा कांग्रेसमा विखण्डन नभएता पनि कांग्रेसमा धांजा परेको छ र दुइ समुह वीच आन्तरिक द्वन्दका कारण देशले स्वच्छ विकासको वाटो पहिल्याउन सकेको छैन, भ्रष्टाचार र आफन्तवादमा रुमल्लिएर रहन वाध्य भएको छ कांग्रेस । देशको लामो शासन वागडोर कांग्रेसले संभालेको छ र त्यसमा पनि कोइरालाको प्रधानमन्त्रीत्वकालमा यो लामो समय वितेको छ तर यो मेरो जीवनमा विधवाको लिवास, मेरो लुटिएको सुख, सुविधाको भाग उसैले उपभोग गर्दैछ र मैले सरकार, कांग्रेस, कम्युनिष्टहरु कसैवाट पनि सहानुभूतिको एक शव्द पनि प्रत्यक्ष पाएकी छैन र शहिद परिवारको लागि प्रदान गरेको आर्थिक सहायताको एक भाग पनि मैले पाउन सकेकी छैन । मैले पाएको शहिद पत्नीको उपनाम, विधवा भएर वाच्नु पर्ने वाध्यता, पारिवारिक कलह र कलंक, असहाय, वेसहारा जीवन, छाक र्टार्नको समस्या र यो पच्चीस वसन्तको यौवनमा विधवा लिवास तथा जीवनको लामो सफरको लागि अपनाउन लागेको प्रेम वन्धनमा पनि कानेखुसी वाहेक केही छैन ।
केवलकार मनकामना पुगी रोक्किए पछि खुलेको मेरो एकाग्रता, विगत जीवनको अतीतका पानाहरु समय असमय मलाई पछ्याई रहन्छ वर्तमानलाई खलल पुर्याउदै । हामी दुव,ै चिसो हावाले स्फर्ुत भएको मनलाई हलुङ्गो महसुस गर्दै होटल खोज्न लाग्यौ । मनमा अनौठो अनुभूति छाएको छ, भावनात्मक विचारहरु ढलपल ढलपल गर्दै छचल्किन वाध्य भएको छ । शरीरमा मोटरको थकावट भएता पनि नयां स्फूर्ति उम्लिएको छ र आँखा अगाडि विशाल मनकामनाको मन्दिरले मेरो छाती पनि गर्भले विशालतम आकारमा फुलेको छ, शिखर थाम्ने आंट र साहस बोकेर ।
होटल कोठामा पुगेर यो भारी शरीरलाई विसाउन पुगेकी छु । फुल्न थालेको सासलाई केही क्षण विश्राम गर्न खाटमा पल्टेका छौ एउटैमा, उसको टाउको मुनि मेरो हात छ र उसको हात मेरो छातीमा थकाई मार्न लम्पसार परेको छ ।
“आहा, वल्ल सास फर्ेन पाइयो स्वतन्त्रताको, दिमागको वोझ हल्का भएको छ, न यहां हामीलाई कसैले देख्ने छन्, न कसैले हाम्रो खिसी गर्ने छ, न कानेखुसी गर्दै हामीलाई औंला उठाउने छ” उसको हातहरु मेरो छातीमा उभिएको स्तनहरुलाई सहलाउदै भन्दै थियो र म मुखवाट शव्द उच्चारण नगरिकनै उसको कुरामा सहमती जनाउदै थिए । यती वेला म विगतका अतीतका कुराहरु विर्सर्ेेवर्तमानसंग वांची रहेकी छु र म एक छोराकी आमा, एक शहिदकी पत्नी, धेरै ठूलो परिवारकी वुहारी हुँ भन्ने भावना म संग छैन । मलाई लागि रहेको छ म एक अविवाहित, यौवनले भरिपर्ूण्ा चोखो र स्वच्छ नेपाली चेली हुं । विशाल प्रेम भावनाले युक्त मेरो जीवनको पहिलो प्रेमीको अंगालोमा आलिङ्गनवध्द छु र जीवनको र्सार्थकता शायद यहीं रोकिएको छ । वर्षौ दिन देखि संकोचतामा वांधिएका यी हातहरु आज स्वतन्त्र विचरणमा उत्ताउलोपनामा उर्लिएको छ र आजसम्म भएको संकोचका कुराहरु खुल्लारुपमा एक अर्कामा प्रेममय वातावरण राख्ने काम भएको छ । भावनाहरु र अनियन्त्रित हातहरुलाई नियन्त्रण गर्दै दुवैले सम्झौता गर्यौ, पहिला मनकामना माईको मन्दिरमा गई दर्शन गर्ने, सुखद भविष्यको आव्हान गर्ने, वाँकी जीवनको लागि मार्ग दर्शन माग्ने, शहिदको लागि चीरशान्तिको जप गर्ने र जीवनमा पुन अतीतमा भएको दुख नदोहरियोस् भन्ने आव्हान गर्ने । झोलामा ल्याएको सिफन सारी र व्लाउजमा म सजिइ रहेकी छु, मेरो सजावटमा वाधा पुर्याउदै लोभ्भिरहेको उसको मानसपलट, त्यस प्रतिक्रियावाट स्वचालित उसको हातहरु र अनुहारवाट मलाई जिस्क्याई रहेको छ र मलाई, उसको प्रेम भावनाले स्वस्फुर्त प्रेमालापले शरीरमा गर्मी उत्पन्न भई चिटचिट पसिनाले ओकलेको यौन वासनाले युक्त सुगन्ध अति मनमोहक लागि रहेको छ । मन्दिरको परिक्रमा, मनकामना माईको दर्शन, त्यहांको काटमार, चहलपहल वजार, अस्ताई रहेको लालिम र्सर्ूय, पहाडको अन्तरकुन्तरमा लुकामारी गर्न लागेको दृश्य, र्सर्ूयको लालिम किरणले तृप्त भएका हरिया पहाडहरु, र पहाडमा उमे्रका असंख्य रुख विरुवाहरु पहिलो रजस्वलामा लाजले झुकेका भरखरका नव किशारीहरु सरह झुकेको देख्दा मेरो गालामा लाजका रेखाहरुको वान्की देखिन थालेको महसुस भयो, त्यो पहिलो रजस्वलाको दिन, त्यो पहिलो सुहागरात, त्यो पहिलो र्स्पर्श र आज हुने पहिलो प्रेम वन्धनको क्षणलाई सम्झदै । सांझको खाना खाएर मात्रै हामी कोठामा पुगेका छौ । कोठाको ढोकाको चुकुल लगाएर खाट माथि वसेको मात्रै के थियौ, तातो ओंठले आंेठ चुम्नमा व्यस्त भएको यो परेवाको जोडी सांझको रिमझिम अँध्यारो संगै हराउँदै जाँदै छौं ।
भ\mयालहरु सवै वन्द नै थिए, मन्द मन्द, हल्का हल्का अँध्यारो कोठामा फैलिएको छ । विजुलीको वत्ती अँध्यारोको वाधक तथा हामीलाई अप्ठेरो वनाउने भएकोले बाल्ने कोसिस नै गरिएन । हामी अँध्यारोमा हराउँदै जाँदैछांै । तृप्तता हाम्रो आकांक्षा हो र हामी यसैको उपलव्धीको लागि कार्यरत छौ । अटुट चुम्वनको सिलसिलामा वशिभूत भएको यो कोठाको वातावरणमा हाम्रा हातहरु स्वचलायमान भएका छन् । मेरो व्लाउज, मवाट अलग्गिएर खाटमा वेवारिसे भैसकेको छ । मेरो भित्री लुगाको हुक खुस्केर हात मै झोल्ली रहेको छ । सिफन सारी कम्मरवाट चिप्लेर भर्ुइ र खाटमा अस्तव्यस्त भएर फैलिएको छ र मेरा हातहरुले, उसको कमिज, पेन्ट र भित्री गंन्जी चालै नपाई खोलेर भर्ुइमा फाली दिइसकेका रहेछन् । अब हामीमा आआप\mनो गुप्त अंग ढाक्न लगाएको लुगा वाहेक शरीरमा केही थिएन । यी लुगाहरु पनि विस्तारै एकले अर्काको निकालेर खाट माथि नै फाली दिएकाछौ । निर्वस्त्र छौ हामीहरु, यही निर्वस्त्रता एकले अर्काको हर्ेन हामी वर्षौ देखि लालयित थियौ । हामी बाहिरी आवरण देखि भित्री अन्तरमन सम्म, आत्मा देखि वाहिरी शारीरिक आभुषण सम्मको प्रत्येक अंगसंग परिचित हुन चाहन्थ्यौ, प्रेमको रसमा पुरै शरीरलाई डुवाउन चाहन्थ्यौ । काखी काखीको वासना संग काखी परिचित गराउन चाहन्थ्यौ । गुप्त अंगसंग, गुप्तता भंग गर्न चाहन्थ्यौ । लामो प्रेममा, लामो मिलनको पर्खाईमा तडपी रहेका हामीहरु यो खुल्ला सिमसिम अँध्यारो कोठामा नाङ्गएिका छौ । प्रत्येक अंगका,े मिठासका साथ र्स्पर्श, तातो ओंठको चुम्बनमा हामी दुवै अधर्ैय भएर लागि परेका छौ, असंयम र अधर्ैयका साथ । हामी अझै असंयमित हुन चाहान्छौ, हामी अझै असहृय तनावमा उम्लिन चाहान्छौ । हामी, होस् गुमाएर हिंस्रक हुन चाहन्छौ । तनावले ग्रसित हातहरुले पीडा उत्पन्न गर्दा पनि हामी सम्मोहित भएका छौ र अझै निकट हुँदैछौ । विना संभोगरत नै हामीहरु वारंम्वार स्खलित हंुदैछौं । मेरो नितम्व लथपथ भएको छ र उसको स्खलित विर्य मेरो हात, छाती, पेट र शरीर भरी लथपथ लागेको छ । म सोह्र वर्षा, त्यो पहिलो रात, उ शहिद पतिसंग जति कामुकता जागेको थियो एघार वर्षपछि यो छव्वीसको उमेरमा अनुभवी पे्रमी संग दर्ुइ गुणा बढी कामुक भएकी छु, त्यति वेला संकोच थियो आज त्यो संकोच पनि छैन, उ वेला लैनो र पहिलो अनुभव थियो, आज अनुभवी, अत्यधिक चाहाना र एघार वर्षो लामो तिर्खा थियो । त्यो रात चाहाना विना, पतिको प्रभुत्वमा वाध्यता थियो भने आज आफ्नै आन्तरिक चाहाना, तिर्खा, इच्छा, आकांक्षा र प्रेमीको वाहुपासमा सम्मोहित भएकी छु र यस क्षणलाई वर्ण्र्ाागर्न, शव्दको नै अभाव भएको छ । यहाँ मलाई पतिको वाहुपासमा रहंदाको र पे्रमीको वाहुपासमा रहंदाको, ठूलो भिन्नताको अनुभव भएको छ । प्रेमीमा सम्वेदनशिलता, मलाई वुभ\mने क्षमता, महानता, संम्वेदनशिल अंगहरुमा प्रेम पर्ूण्ा सुम्सुम्याइ र मेरो अस्तित्वको ख्याल रहेको छ भने पतिमा प्रभुत्व, अधिकार, वल प्रयोग र असंम्वेदनशीलताको व्यवहार तथा कामको लागि कामवाट सिर्जित वातावरणले भिन्नता देखाउने जस्ता कुराहरुको महसुस भएकोछ । हामी पुनः उन्मुक्त र उत्तेजित भएका छौ भने पतिको व्यवहारमा यो अनिवार्यता थिएन की ममा पनि चाहानाको वीज उम्रेको छ वा छैन र म यसको सही प्रयोगको लागि तयार छ वा छैन तर हामी दुवै यस क्षण हतारमा छौ । खाटमा, म माथि उ उर्लिएको छ र पीडाको अनुभवको सट्टा अन्तर हृदयमा असीम मनोरञ्जन, सुखद अनुभूति, चरमोत्कर्षशारीरिक सान्त्वना र प्राकृतिक उडानमा हामी आफैलाई विर्सर्ेेएउटा सानो विन्दुमा सीमित भएका छौं, दुवैको महत्वाकांक्षी उभय स्थलको उपलव्धीको लागि । यति वेला मेरो शरीरवाट शहिदको स्मरणमा पहिरिएको विधवारुपी लिवास मवाट टाढा भैसकेको छ र ममा शहिदको भावनामा कुण्ठित भै रहने कौतुहलता, पतित्ववोध, पारम्पारिक संस्कृति र धार्मिक रितिरिवाजको विपरित, पे्रमीको अधिनमा पुगेको मेरो शरीरको गुप्त अंग भित्र उसको प्रतिनिधित्व गर्ने विर्यको साथमा म पनि एकै साथ स्खलित हुदै समाप्त भएका छौ । अभिमानले शिखर भई कडा भएका यी मेरा स्तनहरु तथा अन्य संवेदनशिल यौनाङ्गहरु चकनाचुर भएर शिथिल हुन पुगेका छन् । लामो उकालो भन्झ्याङ्गमा पुगेर चौतारीमा निर्वस्त्र सुस्ताइ रहेका हामीहरु, शिथिल जनेन्द्रीयहरु माझ, लामो लामो श्वास लिई शरीर भरी निस्केका पसिनाहरु तर्काई रहेका छौ । विभिन्न आसनमा कटिवद्ध हामीहरु यो क्षण म उसै माथि खप्टिएर आकास गंगाको शुन्यतामा अनियन्त्रित उल्का पिण्डहरु जस्तै विना गन्तव्य लामो प्राय शुन्य भएको मष्तिकको अगुवाईमा विचरण गरी रहेकीछु । हामीमा विविधता थियो, हामीमा आत्मविश्वास थियो र हामीमा एकाग्रता थियो र मैले चरमोत्कर्षो अनुभूति प्राप्त गरेकी छु, त्यो जीवनको पहिलो शहिद पतिको साथमा विताएको पहिलो सुहागरात भन्दा बढी आनन्द प्राप्ती, यो क्षण मलाई भई रहेको छ ।
म झीनो वास्तविकतामा, शहिदको विधवा पत्नीको काल्पनिकतामा मात्र सीमित हुन पुगेकी छु, अब । विधवा शव्दले लान्छित र अपमानित भएकी म, अल्छिनी र पोइ टोकुवा जस्ता शव्दले घायल भएको मेरो नारीत्वमा अव विधवाको बान्की पनि वांकी छैन, हो मैले शहिदको भावनात्मक कांचो धागोको नाजुक बन्धनलाई मेरो पे्रमको सहायतामा चुडाल्न सफल भएकी छु । सासू माथिको व्रि्रोह, हिन्दू समाजमा नारी समाजलाई सामाजिक वन्धनमा पिल्सी राख्ने प्रवृत्ती माथिको व्रि्रोह ।
एउटा निश्चित अनुभव मैले संगालेकी छु र यो अनुभव, कोठाको झ्यालको प्वालवाट बहेको चिसो हावाले मेरो वस्त्र विहिन शरीरमा सुम्सुम्याउदा प्राप्त भएको छ, विना चिनजान एउटा कूखुराको तारेको फूल संग रक्सीको प्यालामा दिएको “सोकं” संग बांधिएको पतिसंगको आफ्नो पहिलो कौमार्य गुमाएर प्राप्त भएको यौन आनन्द र आत्माले छानेका,े आत्मीय प्रेमरसमा डुवेको, पे्रमीसंगको सहवासमा अत्यधिक आनन्दले परिमार्जित भएको हुंदोरहेछ । यहां अभिमानको र पुरुष प्रधानताको स्थान नरहने रहेछ ।
रात हामीले मीठा मीठा अकल्पनीय र हृदयस्पर्शी काम र कुराहरु गरेर वितायौ । वांकी जीवनको सफरको काल्पनिक चित्रहरु तयार गर्दै वितायौ । जीवनमा घटेका वास्तविकता, मेरो जीवनमा आई परेका दुखद घटनाहरुलाई यही सुखद क्षणले पारितोषित गर्दै रातका पलहरु निन्द्रालाई समिप नल्याएर नै कालो अंध्यारोको घुम्टो भित्र निर्वस्त्र नियालेर वितायौ । यो रात, कहिले शहिदको सम्झनामा सहानुभूति प्रदान गर्दै, कहिले शहिद संग माफी माग्दै र कहिले शहिदले पुर्याएको अन्धकार जीवनलाई तिरस्कृत गर्दै, पुनः पुनः उन्मुक्त भएका संवेदनशील अंगमा लागेको रापलाई शान्त पार्न कैयांै पटक हामी यौन क्रिडामा भाग लिंदै, समाप्त हंुदै, अभिमानले रापिएका अंगहरुमा लेप लगाउदै वितायौ, यसको गणितवद्ध गर्न हामीले पनि सकेनौ ।
कलिलो घामको रातो किरणले पर्ूवतर्फो झ्यालको प्वालवाट लुकामारी छिरेर अभिमान चूर भएको मेरो छातीको स्तनहरुमा चुम्वन गरेको देखेर तथा यो दृश्य अति मनमोहक हेन लायकको भएकोले सुस्तरी उसलाई हेन आग्रह गरें । उ एक क्षण यो दृश्यले सम्मोहित भयो र टोलाएको टोलाएकै यो अनुपम प्राकृतिक सौर्न्दर्यको आनन्द लिदैं हतास भएको उसको मन दुवै स्तनहरुको चुम्वन नगरी रहन सकेन “आहा, तिमीलाई सदा यही पोजमा यसरी नै नियालेर हेन पाए -” । एक पटक पुनः भरिएको प्रेमरस ओंठवाट साटासाट गरी नयाँ दिनको तयारीमा छरिएका लुगाहरु वटुल्दै शरीरमा लगाउन थाल्यौ ।
तयार भएर हामी मन्दिर तर्फलाग्या,ै मनकामनामाईको दर्शन गर्दै चारै तर्फो हरियाली पहाडहरुको दृष्यावलोकन गर्दै, चञ्चल भएका हामीहरु, मध्यान्ह सम्म विगत, वर्तमान र भविष्य समेत भुलेर क्षणमा र पलमा वांची रहृयौ ।
काठमाण्डौ फर्केर कर्ीर्तिपुर नगई वुंगमती माइतीमा पुगेकी छु र उ आफ्नो घर गयो । थाकेर पुगेको म, आमा र बुबा संग भलाकुसारी पछि ओछ्यानमा पल्टेको केही क्षणमा नै निदाइ छु हिजोको रातको अधुरो निन्द्रा पुर्याउन । एघार वर्षपछि थिलथिलो भएर तृप्त भएको शरीर, त्यसमा परेको राता डामहरु, सुखद नरम दुखाइहरु र अत्यधिक थकानले म गहिरो निन्द्रामा लामो समयसम्म हलचल विना सुतेकोले खाना खान बुबाले सुस्तरी विउँझाउदा, आंग तान्दै उठेर, गत रातको कुरा आमा बुबालाई भन्ने वा नभन्ने दोधारमा सोच्न वाध्य भएकी छु । मैले अहिल्यै नभन्ने निधो गर्दै रातको खाना खाईवोरी म पुनः मिठो भविष्यको कल्पना र अतीतका हृदय विदारक घटनाहरुको तालमेल वुन्दावुन्दै कति खेर निदाएछु ख्यालै भएन ।
विहान गाउंको मछिन्द्रनाथको मन्दिरवाट घण्टाको घनघनाहटले कोलाहल हँुदै छिप्पिएको र्सर्ूयको किरण संगै म पनि तयार भएकी छु, कर्ीर्तिपुर पुग्न, छोराको यादले सताउन लागेको मेरो ममत्वले माईत मै वसी रहन पनि सकिन । दुविधामा फसेको ममता, स्नेह, प्यार र कर्तव्यवोधले अवाक भएकी छु । निर्ण्र्ााो दुविधामा फसेको कोइराला सरकार जस्तै ।
यो कोठाले मलाई स्पष्टिकरण मागे सरी टोलाएर हर्ेर्दैछ । यो कोठाको प्रत्येक सामानहरुले मलाई प्रश्न माथि प्रश्न गरे जस्तो लागि रहेकोछ । र्सतर्क मेरा हातहरु यी वस्तुहरु छुन पनि मानी रहेका छैनन् । सधै सुत्ने यो ओछ्यान, विरानो र अनौठो आभास भएको छ । भयभित भएको मनमा चारैतीरवाट चिच्याहटको आवाज र अट्टहाँस गुन्जेको भान भै रहेको छ । यो कोठामा, म अभियुक्त हँु र सवैको प्रश्न म मा खनिए जस्तो भान भै, मन कुण्ठित र अपराधवोध भै रहेको छ । यो कोठाभित्र म निस्सासिन थाल्दैछु तर्सथ म कोठावाहिर आंगनमा नै वसी छोराको प्रतिक्षामा टोलाएर वसिरहेकी छु । पछाडिवाट कसैले केही भन्दैछ, भन्दै वारंवार झस्किन विवस भएकी छु ।
मनमा कठोरता निकाल्दै अतीत विरुद्धको लर्डाईमा हार्न हुन्न भन्ने विश्वास जगाउदै खाटमा पल्टेको मात्र के थिए, शहिदले गिल्ला गर्दै, धिक्कार्दै, अट्टहासको आवाज निकाल्दै, मेरो कान भित्र गुन्जेको आवाजले, म सुत्न प्रयत्न गर्दा गर्दै पनि सफल भएकी छैन । मनमा हीनतावोध, अपराधवोध, कर्तव्य परायणतामा डगेको म, पारंपारिक पत्रि्रता धर्ममा विचलनको कारण, नेपाली समाजमा व्याप्त सामाजिक रितिरिवाजवाट विच्किएको अवस्थाको मनोदशा हो यो । नेवार समाजमा यो गैरसामाजिक परम्परा पनि मानिदैन तर पनि शहिदको भावना पुगेको ठेसले भावनात्मक असन्तुलनको श्रृजना गरेको छ म मा ।
कार्यालयमा पनि मेरो मन स्थिर रहन सकेन । शहिदको विधवा पत्नीको आडमा पाएको यो जागिर, शहिदको झिनो सम्वन्धमा सीमित रहन पुगेको यो परिस्थितिले कार्यालयको वातावरणमा असमन्जसता थपेको छ । तर, उ र म यस जागिर विना वांच्न सक्ने आधार पनि छैन । अस्थिर मनले चिडचिडाहट पैदा भएको छ म मा । काममा ध्यान पुग्दैन, विग्रि रहन्छ । अस्थिर मनमा रिस पैदा भएको छ र म सवैलाई झोक्किएर रिसाइ दिन्छु । एक दिन मैले रिसलाई कावुमा राख्न नसक्नाले छोरालाई गालामा सानो गल्तीमा नै कुटि दिएछु र म गल्तीको महसुस गर्दै धेरै वेरसम्म रोइ रहें ।
म, अव, यस घरमा धेरै दिनसम्म रहन नसक्ने भएकी छु । दिनमा कार्यालयमा समय विताउन सकिएता पनि यो कोठाको प्रत्येक सामानहरुले मलाई तिरस्कार गरे जस्तो लाग्छ र आत्मग्लानी र स्वाभिमानले मलाई गालामा चिथोरेको अनुभव हुन्छ । मैले उसलाई भनिसकेकी छु, म अव उसैको घरमा वस्न चाहान्छु र उ समयको चांजोपाजोे मिलाउनमा प्रयासरत छ । हामी दुवै जागिर खादै घर्रखर्च चलाउने र छोरालाई राम्रो स्कूलको बन्दोवस्त गर्ने, उसको त्यो सानो घरमै पनि रहने वातावरणको श्रृजना गर्ने आदि हामीले सोचेकाछौ ।
मनकामनावाट फर्केको करिव एक महिना पछि आफ्नो लुगाफाटो पोको पारेर झिसमिसे सांझमा उसको योजना मुताविक उसको घरमा, म पुगेकी छु । सानो घर, खेत र वारीको वीचमा एक्लो उभिएको, उसको वासस्थान । घरमा मेरो खोज खवर भयो, उसको श्रीमती, उसका छोरीहरु, मेरो आगमनले दुखित थिए । रुवावासीले विचलित भएको यो घर, हीनताले निहुरिएको मेरो आँखाहरु, अवोध छोरीहरुको रुन्चे अनुहारहरुले, म एक पटक फेरि मेरो जीवनलाई धिक्कार्न पुग्दछु । मेरो छोरा मेरो पर्खाइमा रोइ रहेको छ होला र यहां मेरो आगमनले यी अवोधहरु रोइ रहेका छन् । मिलाउन प्रयासरत उ, न मलाई विश्वास दिलाउन सकिरहेको छ न उनलाई सान्त्वना दिन सकिरहेको छ । रात यसरी नै वित्यो । सवै कुना काप्चामा विश्मय र अपसोच गर्दै विहानीको निरस र्सर्ूयको प्रकाश संगै मलिन अनुहारमा प्रकट भएका छौ । मैले उसलाई भने “हाललाई डेरामा हामी वसौ र समयको वहाव संगै पछि पारिवारिक एकीकरणको कुरा सोचौला ।” उसले यसको स्वीकृति दियो र डेरा काठमाण्डौमा लिने विचार पनि तय भयो । हामी डेराको खोजीमा काठमाण्डौ पुगेका छौ र वालाजुमा एउटा सानो कोठाको बन्दोवस्त भएको छ ।
कर्ीर्तिपुरमा छोरा रुदै सुतेको खवर प्राप्त गरेकी थिए । मेरो प्रेम प्रसंगको कुराहरु कर्ीर्तिपुरको टोल गल्लीमा विस्तार विस्तार चल्दै गरेकोले, मेरो सासू ससुराहरुलाई म कहां गएको र राती घर नफर्केको कारणको लख भै सकेकोछ । सुषुप्त र लज्जित भएको त्यो परिवारमा यो अवस्थाको ख्याल पहिल्यै भएर होला शायद मेरो नाममा शहिद पतिको नाममा आएको रकम, मवाट पर राखेको । छोरा एघार वर्षभै सकेको र घरमा ठूलो परिवार तथा कान्छो देवर संग खूव मिल्ने भएकोले उसलाई समय काट्न त्यति गाह्रो नपर्ला तर आमाको ममता र स्नेहको अभाव क्षण क्षणमा खट्किन सक्दछ । उ हजुरबुबा र हजुरआमाको संरक्षणमा वसेको छ र अव उनीहरुको माया, ममता र स्नेहमा हर्ुकने छ, अर्को विकल्प नभए सम्म ।
हामी केही दिन कार्यालय जान सकेनौ र केही दिन जान चाहाना पनि थिएन । कार्यालयमा हाम्रो व्यापक चर्चा परिचर्चाले खलवली मच्चिएको थियो । हाम्रो क्रियाकलापले विष्मय भएका हाकिमले अव म “शहिदको विधवा पत्नी” नभएर रामकृष्णको श्रीमती हुन पुगेको आपत्तिमा मेरो जागिरवाट अवकासको सूचना निकालेको छ र उसलाई पनि यस्तो कार्यको विरोध गर्दै जागिरवाट अवकास दिइएको रहेछ । हामी आकासवाट पातालमा खसे सरी भयौं, पानीवाट माछा जमिनमा राखे सरी छट्पटायौ, भावविव्हल भयौं, स्मरण शक्तिमा समेत खलल पुग्न गयो र भविष्यका दिनहरु कसरी बिताउने र तुरुन्तै के गर्ने जस्ता समस्याले पिरोल्न थालेको छ । हामी संग भएको पैसाले केही दिन गुजारा चलायौ र कामको लागि भौतारिन थाल्यो, उ ।
उ एक दिन पैसाको अभावका कारण तथा कामको खोजीमा, म संग राम्रै कुराकानी गरी डेरावाट निस्केको थियो । लामो रातको इन्तजार गर्दा गर्दै वसेकै ठाउंमा निदाए छु तर उ आएन, यसै क्रम संग म पर्खदै गएं, दिनहरु वित्दै गए, हप्ताहरु वित्दै गए र महिना पनि वित्यो । उसको अत्तोपत्तो लागेन, न उसले मेरो खै खवर लिने प्रयास गर्यो, न म उसको घर जान हिम्मत गर्न सके, न शहिद पतिको घरमा मेरो छोरालाई भेटन जाने साहस वटुल्न सके । न उ मर्यो वा न उ, उसैको घरमा उसैको परिवार संग छ यो पनि मैले जान्न सकिन । पैसा नभएकोले बसेको घरको कोठावाट पनि निकाली दियो । भौतारिदै, आइ परेको दुखलाई वाध्यताका साथ स्वीकार गर्दै, नजिकको अर्को घरको चिसो छिंडीमा थोरै रकम तिर्ने वा उक्त घरको सानो तिनो काम गरी दिने शर्तमा टाउको र लाज लुकाउदै आइरहेकी छु । दिनमा सडकमा वसी ढुङ्गा कुटी गिट्टी तयार गर्ने र सोही थोरै आम्दानीेले यो जिउदो लास उसैको प्रतिक्षामा उसैले छोडी गएको टोलमा वस्दै आइरहेकी छु ।
मलाई मेरो प्रेममा अझै विश्वास छ, यदी उ वांचेको भए, एक दिन मलाई अँगालोमा वाध्न आइपुग्नेछ र यी आंखाहरु, यी कानहरु, उ र उसको स्वर सुन्न व्यग्र प्रतिक्षामा छ । धूलो र धूवाँले रोग पनि जन्मेको छ, मेरो शरीरमा, निर्वल भएको शरीरलाई यो वाध्यता र प्रतिक्षामा अल्झाई रहेकी छु । यी बन्द र कफर््यूका दिनहरुले गिट्टी कुटने काम पनि रोकिने हुँदा मनमा अतीतहरु दोहरिदै सताइ रहेको हुन्छ । शायद यी अतीतहरुको यादले यो जिउँदो लासको अन्त पछि, शहिद संगको पुनरमिलनको लागि, म संगै समाधिस्थ हुनेछ । ममा आत्मग्लानी भएको छैन, मेरो प्रेममा, प्रेम निश्चल र निस्वार्थ हुन्छ, यही विश्वासमा वाँच्दै आइरहेकी छु । यसमा आई पर्ने कुनै समस्या र वाधाले प्रेम र मायालाई विचलित गर्न सक्ने छैन । मेरो प्रेममा मलाई अभिषाप पनि छैन । प्रेममा नेपालमा पनि ठूलो ठूलो कर्ुवानी भएको छ । डायनाले आफ्नो प्रेमी संगै मृत्यु वरण गरेको मैले टिभिमा हेरेको राम्रो याद छ । देशमा प्रेमको कारण राजपरिवारको आम हत्या हुन सक्दछ भने म मेरो पारिवारिक विखण्डनले विक्षिप्त हुनु पर्ने कारण पनि देख्दिन । देशमा वहुदल प्राप्ती पछिको वाह्र वर्षा पे्रमले श्रृजित युद्धमा राजपरिवारको एउटा परिवारको विनास भएको छ । म भित्र शहिद पतिको अतित र पे्रमी पतिको द्वन्दयुद्धमा, म मेरो मथिङ्गल रणभूमिमा अनियन्त्रित भएका भावनाहरुभित्र पिल्सिएर वाँच्न वाध्यता आइलागेको छ । यो वुद्धको देशमा म यो युद्धभूमि वोकी अन्तिम यात्रासम्म लिएर हिडन वाध्य भएकी छु । यो प्रजातन्त्रको कार्यकालमा उम्रेको गणतन्त्रवादी माओवादीहरु र वेस्टमिनिष्टर प्रणालीको संसदीय व्यवस्थाको युद्धभूमि रोल्पा क्षेत्रवाट विजारोपण हुन खोजिरहेको छ । र म, यो शरीरले साथ दिए सम्म, यी हातहरु चलाउन सके सम्म, म उसको प्रतिक्षामा हुनेछु, कुनै दिन उ मेरो प्रतिक्षा पुरा गर्न अवश्य आई पुग्ने छ । यही मेरो विश्वास हो, मेरो लामो प्रतिक्षा हो, मेरो प्रेमको परिक्षा ……… जीवनको अन्तीम क्षणको प्रतिक्षा ……….. ।
प्रेमकुमार मालाकार
समाप्त


