सधै वस्न मन लाग्छ
सधै वस्न मन लाग्छ तिम्रै छेउ छाउ हजुर ,
वसाई सरी आउ झै लाग्छ तिम्रै गाउ हजुर ।
पुणिर्माको जून जस्तो लोभ लाग्दो जिउ डाल ,
आंखा छोपि हेर्छु तिम्रो शिर देखि पाउ हजुर ।
तिमी हांसे म हांस्छु अनि तिमी रोए म रुन्छु ,
नदेखिने तिम्रो मेरो एउटै हो नि घाउ हजुर ।
हिरा मोती सुन चांदी मुल्यहिन छ मेरो लागि ,
मुल्यवान छ तिम्रो चोखो मायाको भाउ हजुर ।
संगै तरौ मायाको सागर यो दिलको डुंगामा ,
देव माझी भै वस्छु तिमी यात्रु भै आउ हजुर ।
देव गुरुङ


