राजा अचेल इन्टरनेटमा जुवा खेल्न थालेका छन
मोति जयन्तीको अवसर पारेर नेपाल कतार पत्रकार संघले आयोजना गरेको साहित्य वाचनमा वाचीत साहित्यलाई यहाँ राख्ने क्रममा आज सातौ भिडियो राख्दै छु । तर आजको भिडियो चाँही अरु कसैको नभएर आफ्नै परेको छ । एक मित्र कुमार कार्कीको निमन्त्रणालाई स्विकार्दै म उक्त कार्यक्रममा गएको थिँए र एक गजल वाचन गरेको थिँए । गजल मोतिरामले लेख्नेजस्तो सिंगारीक धारमा चाँही छैन । देशको बदलिंदो परीवेश लाई मध्यनजर राख्दै लेखिएको गजललाई कति साथहरुले मन पराउनु भयो भने कतिले इमेल बाट गाली पनि गर्नुभयो त्यस्को लागी मेरो भन्नु केहि छैन्ा । जस जसलाई यो गजल मन परेन अथवा गजल सुनेर चित्त दुख्यो उहँाहरुको लागी यो भिडियो फेरी दोहोर्याएर नहर्ेर्ने सल्लाह भन्दा अरु म केहि दिन सक्दीन । यस ब्लगको ब्लगर चहल सयपत्रीलाई हर्ेन मन छ भने यो भिडियो हर्ेर्नुहोला र यदी तपाइँको कम्प्युटरमा भिडियो प्ले हुँदैन भने गजल पढ्नको लागी भित्र जानुहोला ।
गजलको वाचन भन्दा पहिले वाचन गरेको एक मुक्तक भने यस प्रकार छ ।
मै हुँ भन्ने तानाशाहलाई जनताले ढालेका छन ।
उसका हरेक अवशेषलाई उखलेर फालेका छन ।
जनताका छोराले जागीर खोसीदीए पछी ,
राजा अचेल इन्टरनेटमा जुवा खेल्न थालेका छन ।
गजल पढ्नको लागी भित्र जानुहोला
गजल
तानाशाहका सपनाहरु जल्दैछन बिस्तार बिस्तार
गणतन्त्रका राँकाहरु बल्दैछन बिस्तार बिस्तार
दूइसय सैंतीस वर्षो पुराना ति खम्बाहरु
उन्नाइस दिनको आँधीले ढल्दैछन बिस्तार बिस्तार
जनताका छोरालाई कमजोर नसम्dmनुस हजुर
हजुरका सबै जरा उखल्दैछन बिस्तार बिस्तार
कुन देशमा हो शरण दिने तयार गरेहुन्छ
देशवाट लखेट्ने कुरा चल्दैछन बिस्तार बिस्तार
हजुरलेनै दुध पिलाई पालेका ति साँपहरु
ऐले हजुरतिर विष ओकल्दैछन बिस्तार बिस्तार



Excellent. I would like to vote as the most enchanting GAZAL of the ceremony.
Comment by DeepaK Paudel — September 12, 2006 @ 5:11 pm
this blog i sow fist time very nice.i like it gagal, kabita.and chutkila.dukhan qatar
Comment by parsuram basnet. — January 21, 2008 @ 8:13 am
गित बनि मधुमास मानाच्न पाए हुन्थ्यो
तारा बनि जुन सङ्गैलुक्न पाए हुन्थ्यो
छितिज पारि मिर्मिरे मा रम्न पाएहुन्थो
जुनकिरिले मलाइ पनि मित लाए हुन्थो
जुनि जुनि नछुटिने पृत लाए हुन्थो
सहि दिन्थे बिर्सिएर सबै सबै घात हरु
बिर्सि दिन्थे चोट पनि थामिदिन्थे हात हरु
गैदिन्थे ढुङ्ग पुज्ने मन्दिर बरु लाने भए
खाइ दिन्थे बाचा कसम भए भरको खाने भए
उमङ्ग छन मनभरि रहर छन तन भरि
सपना धेरै साचेको छु सजेको छ आखा भरि
नत मैले दौलत मागे नत मागे सुनचादि
नत मागेऐस आरम नत लाएबिन्ति
खालि एउटामन मागे मागे एउटा माया
लुटपुटिने काख मागे मागे एउटा छाया
त्यसैले नै बिन्ति गर्छु माया पाए हु
Comment by khalbahadur — April 6, 2008 @ 12:57 pm
गित बनि मधुमास मानाच्न पाए हुन्थ्यो
तारा बनि जुन सङ्गैलुक्न पाए हुन्थ्यो
छितिज पारि मिर्मिरे मा रम्न पाएहुन्थो
जुनकिरिले मलाइ पनि मित लाए हुन्थो
जुनि जुनि नछुटिने पृत लाए हुन्थो
सहि दिन्थे बिर्सिएर सबै सबै घात हरु
बिर्सि दिन्थे चोट पनि थामिदिन्थे हात हरु
गैदिन्थे ढुङ्ग पुज्ने मन्दिर बरु लाने भए
खाइ दिन्थे बाचा कसम भए भरको खाने भए
उमङ्ग छन मनभरि रहर छन तन भरि
सपना धेरै साचेको छु सजेको छ आखा भरि
नत मैले दौलत मागे नत मागे सुनचादि
नत मागेऐस आरम नत लाएबिन्ति
खालि एउटामन मागे मागे एउटा माया
लुटपुटिने काख मागे मागे एउटा छाया
त्यसैले नै बिन्ति गर्छु माया पाए हु
Comment by khalbahadur — April 6, 2008 @ 12:59 pm