कोइलिले’नि शान्ति ! शान्ति !! शान्ति !!! गीत गाएको छ
निरङकुशता ढलाइ देशमा स्वतन्त्रता आएको छ
इतिहासमा लोकतन्त्रले छुट्टै स्थान् पाएको छ ।।
इतिहासलाइ पल्टाएर देशले कोल्टे फेर्दा बल्ल
शान्ति आउँछ भन्ने आशा नेपालीमा छाएको छ ।।
शान्ति ल्याउन देवताले रगत बली मागेपनि
शहिदको आलो रगत यै देशले खाएको छ ।।
शोषण, दमन अन्त्य गर्दै समानताको दीप बाल्न
आँट साहस बटुलेर आम नेपाली धाएको छ ।।
बर्तमानलाई थाँति राख्दै भबिष्यको भाग्य कोर्दै
कोइलिले’नि शान्ति ! शान्ति !! शान्ति !!! गीत गाएको छ ।।



Badhai chha dinesh ji tapiko gajalale deshko pida bokeko chha ra darshaeko chha tapaiko saittik sirjana sakti ajha fastaudai jaosa mero subhakamana .
Ramesh
Ramechhapeli
Comment by Ramesh — October 9, 2006 @ 2:01 am
कस्तो यो जीन्दगी
Filed under: कविताको संसार
अप्जसी
अधुरो यो जीन्दगी
बीट नमारीएको डोको जस्तो ।
भौतारीएको यो जीन्दगी
धेरै छाकको भोको जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी ।
डलेलोले पिल्सिएको वन जस्तो ।
विरक्त लाग्दो यो जीन्दगी
विधवाको मन जस्तो ।।
व्यार्थ छ यो जीन्दगी
रालो बीनाको घण्टि जस्तो ।
कति कमजोर यो जीन्दगी
सुकेको सण्टि जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी
नढाक्ने खोल जस्तो ।
घृणित छ यो जीन्दगी
पत्रुको मोल जस्तो ।।
वेसहरा छ यो जीन्दगी
शुन्यको यान जस्तो ।
नमुना मात्र छ यो जीन्दगी
बहिराको कान जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी
हावा वीनाको साइकल जस्तो ।
कति कठोर छ यो जीन्दगी
लडाकुको र्राईफल जस्तो ।।
कति उदास छ यो जीन्दगी
गाला अड्याउने हात जस्तो ।
यो जीन्दगी खै के जीन्दगी
औशीको रात जस्तो ।।
Comment by ramesh thapa — July 22, 2008 @ 3:35 pm