सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

September 24, 2006

साहित्यकारहरूको घैंटामा घाम लागेकै हो ?

Filed under: विविध

सुन्दर वासी

मेरा मित्र कविराज पौडेलहरूले छन्दका श्रेष्ठ कवि भनी माधवप्रसाद घिमिरेलाई रूपन्देहीमा स्वागत तथा सम्मान गर्ने भनेका छन् । पौडेल छन्दमा विषेश चाख राख्ने साहित्यका विद्यार्थी हुन् । नेपाली साहित्यको परम्परागत शैली जोगाउन उनले छन्दवादी साहित्य समाज गठन गरेका छन् । नेपाली साहित्यमा र·ीच·ी फूल फुलाउन उनले गरेको काम एक महत्वपर्ूण्ा कुरा बनेको छ । त्यसैले उनका छन्दवादी काममा सघाउनु हामी सिकारू साहित्यकारहरूबीचको आपसी सद्भाव र सहकार्य हो । हामी आपसमा सहयोग गरेर नै नेपाली साहित्यमा सक्रिय बन्न सक्दछौं । नेपाली भाषा र साहित्य विकास गर्न योगदान दिन सक्छौं । साथसाथै हामी आफै पनि नेपाली साहित्यका असल विद्यार्थी बन्न सक्छौं । हामी आफै नेपाली साहित्यको बृहत अध्ययन गर्न पाउ“छौं । यसमानेमा पनि मेरा मित्र कविराजले पछिल्लो पटक प्रारम्भ गरेको यो छन्दवादी साहित्यिक आन्दोलनलाई सहयोग गर्नु आवश्यक छ । किनभने एकछत्र रूपमा गजलको बाढी आएको बेलामा पनि छन्दको परम्परालाई पुनःउत्थान गर्न खोज्नु आफैमा कम साहसको कुरा होइन । यो साहसिक अभियानमा हातेमालो गर्नु हामी साहित्यका विद्यार्थीको विषयगत कर्तव्य हो ।
तर यतिबेला मेरा मित्र कविराज विवादमा परेका छन् । उनी प्रतिगामीका मतियारको रूपमा आरोपित रहेका छन् । राजाबाट ँराष्ट्रकवि’ उपाधि पाएका व्यक्तिलाई रूपन्देहीमा ल्याएर उनी प्रतिगामीका मतियार बनेको आरोप लगाउने साहित्यकारहरू दाबी गर्छन् । तर ती आरोपमाथि कति आधार छ त - छलफलको विषय हुनर्ुपर्छ । ती आरोप लगाउनेहरू कति प्रगतिशील साहित्यकार हुन् त - चर्चाको विषय हुनर्ुपर्छ । ती आरोप लगाउनेहरू साहित्यमा जनपक्षीय विचार प्रवाह गर्न कति सचेत छन् त - लेखाजोखा गर्नुपर्ने विषय हो । ती आरोप लगाउनेहरू कस्तो विचारधारा बोकेको साहित्यलाई उत्कृष्ट साहित्य मान्छन् त - हिसाब गर्नुपर्ने विषय हो । पक्कै नेपाली साहित्यमामात्र होइन, संसारमै पनि साहित्यमा विचार वा राजनीतिलाई ठाउ“ दिनर्ुपर्छ वा दिनुपर्दैन भन्ने विवाद कायम छ । यसमा आ-आफ्नो दृष्टिकोण हुन सक्छ । वीपीको साहित्य सम्बन्धी धारणासंग हृदयचन्द्र सिंह प्रधानको दृष्टिकोण नमिल्न सक्छ । त्यतिमात्र होइन दृष्टिकोणकै कुरा गर्ने हो भने महाकवि देवकोटाले भनेजस्तै कसैका महापण्डित कसैका महामर्ुख पनि देखिन सक्छ । यसकारण यहा“ मेरा मित्र कविराजलाई प्रतिगामीको आरोप लगाउनेहरू कुन दृष्टिकोण राख्ने कवि साहित्यकारहरू हुन् - प्रश्न गर्न मन लागेको छ । र, तिनीहरू आप\mनो दृष्टिकोणप्रति कति इमान्दार छन् - बुभ\mन मन लागेको छ ।
बुटवलको साहित्यिक गतिविधिमा पनि कलावादीहरूको विषेश वर्चस्व कायम छ । आफूलाई साहित्यकारको दर्जामा राख्न वा साहित्यकारको मर्यादामा व्यवहार गर्न कलावादी बन्नैपर्ने बाध्यात्मक परिस्थिति तयार गरिएको अवस्था छ । यसकारण यहा“को साहित्यमा विचारभन्दा पनि कलालाई बढी महत्व दिइन्छ । यहा“को सिर्जनामा भावपक्षलेभन्दा पनि बढी रूपपक्षले प्राथमिकता पाएको हुन्छ । यहा“ साहित्यको प्रयोजनबारे बहस हुने गर्दैन । यहा“ माओले साहित्यबारे दिएको विचारको ठीक विपरीत साहित्यको व्याख्या हुन्छ । यहा“ माओले भनेजस्तो गिलास राम्रो नभएपनि चिया मिठो भए उत्कृष्ट साहित्य मान्ने प्रवृति छैन । यहा“ बरू चियाको स्वाद नहोस् तर गिलास त लोभलाग्दो नै हुनर्ुपर्छ भन्ने व्याख्या हुन्छ । ती व्याख्याताहरू फेरिपनि प्रगतिशील र अझ कम्युनिष्ट भएको दाबी गर्ने गर्छन् । आज यही विचार शुन्यताको सिकार मेरा मित्र कविराज बनेको छ । आज यही कलावादी र ठूला अझ स्थापित राष्ट्रिय साहित्यकार बन्ने महत्वाका“क्षा जगाउने परिस्थितिले मेरा मित्र कविराजलाई नराम्ररीसंग जाकिदिएको छ । यसैबीचमा पनि उनलाई बचाउने वा सजग बनाउनेभन्दा पनि उनलाई भड्खालोमा फसाएर आफू पानीमाथिको ओभानो बन्ने दुस्प्रयत्न भएको छ । आज मेरा मित्र कविराजलाई अनेक लान्छना लगाएर केही साहित्यकारहरू क्रान्तिकारी र लोकतन्त्रवादीको खोल ओढ्ने यत्न गर्दैछन् ।
के आज माधवप्रसाद घिमिरेको सम्मान गर्ने कार्यक्रमप्रति आपत्ति जनाउने सबै साहित्यकारहरूको भावना पवित्र छ - के तिनीहरू सबै लोकतन्त्रप्रति बफादार छन् - के तिनीहरू सबै प्रगतिशील साहित्यप्रति कर्तव्यनिष्ठ छन् - के तिनीहरूले यहा“का साहित्यप्रेमीहरूलाई देश र जनताप्रति इमान्दार बनाउने प्रयत्न गरेका छन् । के तिनीहरू प्रतिगमनको पक्षमा बुद्धि बेच्ने तमाम साहित्यकार र विद्वानहरूलाई बहिष्कार गर्न उत्साहित छन् - यस्ता धेरै प्रश्नहरू हाम्रा सामु आउन सक्छन् । अथवा यी तमाम विरोधको स्वर राष्ट्रिय साहित्यकार बन्ने कथित दौडमा पछि परिएछ कि भन्ने लघुताभाषको उपज त होइन - प्रश्न तितोसत्य बन्न सक्छ । राष्ट्रिय साहित्यकार बन्ने दौडमा मेरा मित्र कविराज अगाडि पुग्यो भनेर उनको खुट्टा तान्न नै मात्र त यो सबै तमासा भइरहेको छैन - संकर्ीण्ा साहित्यकारहरूको माझमा ँसंकर्ीण्ा’ घेराबाट प्रश्न तर्ेर्सिन सक्छ । अन्यथा यहा“ कार्यक्रमकोनिम्ति सरसल्लाह पनि दिने अनि बहिष्कार पनि गर्ने निर्ण्र्ााएकै व्यक्तिबाटै तुरन्तका तुरन्तै कसरी हुनसक्छ - सम्मान गर्ने भनेपछि पनि हुरूक्क हुने अनि प्रतिगामी रहेको दोषारोपण भएपछि पनि हतारहतार पाखा लाग्ने यो कसरी तार्किक र विवेकशील हुन सक्छ - साहित्यकारहरू स्वाभाविक रूपमा भावुक हुन्छन् । तर जिन्दगी भावुकताबाटमात्र चल्दैन । त्यसमाथि राजनीति र वैचारिक दृष्टिकोण भनेको त भावुकता वा हृदयको कुराभन्दा पनि विवेक र दिमागको विषय हो । यो पिपलपात जस्तो अस्थिर हुनहु“दैन । कविताका शब्द शब्दमा बिम्ब र ओज खोज्ने साहित्यकारहरूलाई शब्दको तौल देखाइरहनु आफैमा आवश्यक नहोला । यहा“निर प्रस्ट हुनुपर्ने विषय के हो भने छन्दवादी समाजको घिमिरे सम्मान कार्यक्रमको विरोध गर्नेहरू कलावादी साहित्यकारहरू हुन् या विचारबोध भएका साहित्यकारहरू हुन् - ज्वलन्त प्रश्न उठेको छ । हो, म केही जवानहरूको आवाज सुनिरहेको छु जो हिजो पनि हरेक मञ्चहरूमा प्रगतिशील साहित्यबारे चासो राख्थे र आज पनि राख्ने गर्छन्, तिनीहरूले यो कार्यक्रममा घिमिरेको आगमनप्रति सुरूदेखि नै विरोध गर्दै आएका थिए । उनीहरूको आवाज हिजो साहित्यबारे वैचारिक प्रस्टता खोज्दा जस्तै ओझेलमा परेको थियो । अहिले स्वर थपिएका छन् । स्वाभाविक रूपमा ती दबिएका स्वरहरूले उजागर हुने अवसर पाएको छ । यद्यपि, यो थपिएको स्वरमा प्राण छ कि छैन - शंकाको घेराभन्दा बाहिर जान सकिंदैन । यदि यो थपिएको स्वरमा सा“च्चिकै प्राण छ भने अब हाम्रा साहित्यकारहरूको घैंटामा घाम लागेको मान्नुपर्ने छ । तिनीहरूमा आमूल परिर्वतन आएको मान्नुपर्ने हुन्छ । होइन यदि फेरि पनि कलाकोमात्र कुरा गर्ने अनि फेरि छन्दको नाममा कोही ँमाथि’ पुग्न लागे भन्ने कुण्ठित मानसिकताले यो राजनैतिक जलप लगाइरहेको हो भने अंगुर अमिलो कथाभन्दा हाम्रो हालत के फरक होला -
बुटवलको यस्तो साहित्यिक विवादमा निकै चनाखो हुनुपर्ने अवस्था छ । यतिबेला पनि बिनाकुनै छलफल मेरा मित्र कविराजको कार्यक्रम बहिष्कारबारे होमा हो थप्ने अवस्था छैन । किनभने यो यही बुटवल-रूपन्देही हो जहा“ स्वागत भाषण गर्नेको पत्रिकामा नाम नछाप्नासाथ सम्पर्ूण्ा मानवीय मर्यादा नाघेर आपसी द्वन्द्व चर्काइन्छ । जहा“ सरूभक्तलाई ल्याएर साहित्यिक उचाइ बढाउन पाइने कुत्सित इच्छा पूरा नहुने देख्नासाथ आफैले आयोजना गरेको कार्यक्रम बिथोल्न तयार भइन्छ । जहा“ पुरस्कार हडप्ला भन्ने त्रासैत्रासमा सशक्त प्रतिभाहरूलाई पलायन हुन बाध्य पारिन्छ । जहा“ एकजना लगनशील साहित्यकारलाई सम्मान गर्न खोज्दा अर्को साहित्यकार कार्यक्रम असफल हुने चुनौती दिंदै र कार्यक्रम अर्थहीन भन्दै साहित्यकारहरूकै बदनाम गर्दै हिडिन्छ ।
अब आशा गरौं, यस्तो नहोला । अब हाम्रा अग्रज साहित्यकारहरूमा भएको साहित्यबारे नवीन ज्ञान र समाजबारे दृष्टिकोण थाहा पाउन बुटवल साहित्य संगम आफैमा पनि पर्याप्त हुनेछ । अब प्रगतिशील लेखक संघ आफै पनि सिकारू साहित्यानुरागीहरूका निम्ति साहित्य सिर्जना गर्न वैचारिक प्रशिक्षण लिने शुलभ मञ्च बन्नेछ । अब हाम्रा साहित्यिक कार्यक्रमहरूमा साहित्यका शैली र कलाबारेभन्दा बढी देशप्रति साहित्यकारहरूको जिम्मेवारीबारे र साहित्य सिर्जनाका विषयवस्तुबारे साथसाथै साहित्यको सही प्रयोजनबारे छलफल हुनेछ । यससंगै नाम छाप्न र फुकाउनमात्र साहित्य सिर्जना गर्ने प्रवृत्तिलाई अब निरूत्साहित गरिने छ । तब हामी भन्न सक्छौं, बुटवल रूपन्देहीमा फेरि अर्को मेरा मित्र कविराजजस्तै निल्नु न ओकल्नुको धर्म संकटमा पर्नेछैन ।

1 Comment »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/09/24/p180/trackback/

  1. Please I want to “SAYAPATRI” BLOGS
    Thanks for your by NEPALI Language First Blogs

    Prakash Kumar
    New Delhio
    (INDIA)

    Comment by PRAKASH KUMAR ROKA "PREM" — November 21, 2007 @ 1:38 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here