जिन्दगीको कथाभरी चोट छ खाली कहाँ छ र ?
प्रस्तुत गजल मैले पहिल्यै नै राख्नुपर्ने हो तर इन्टरनेटबाट केहि टाढा भएको कारण राख्न सकिरहेको थिइन तथापी यु ट्युवमा भने धेरै अगाडी अपलोड गरेको थिँए । आज यसो साइबरमा पसेको बेला उक्त भिडियोलाई राख्नु पर्यो भनेर हेरेको त जुन फाइल अपलोड गराउन तयार पारेको थिँए उक्त नगराएर तयार नभएको टुक्रा पो परेछ । आफुसँग अहिले इन्टरनेट नभएको हुदा फेरी मिलाउन पनि गाह्रो भएकोले जस्ताको तस्तै यहा राखेको छु ।एक तराइ बासी मित्रले खुबै जोस र जाँगरका साथ वाचन गरेको गजल हेर्ने हो भने प्रस्तुत भिडियो हेर्नुहोला ।



कस्तो यो जीन्दगी
Filed under: कविताको संसार
अप्जसी
अधुरो यो जीन्दगी
बीट नमारीएको डोको जस्तो ।
भौतारीएको यो जीन्दगी
धेरै छाकको भोको जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी ।
डलेलोले पिल्सिएको वन जस्तो ।
विरक्त लाग्दो यो जीन्दगी
विधवाको मन जस्तो ।।
व्यार्थ छ यो जीन्दगी
रालो बीनाको घण्टि जस्तो ।
कति कमजोर यो जीन्दगी
सुकेको सण्टि जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी
नढाक्ने खोल जस्तो ।
घृणित छ यो जीन्दगी
पत्रुको मोल जस्तो ।।
वेसहरा छ यो जीन्दगी
शुन्यको यान जस्तो ।
नमुना मात्र छ यो जीन्दगी
बहिराको कान जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी
हावा वीनाको साइकल जस्तो ।
कति कठोर छ यो जीन्दगी
लडाकुको र्राईफल जस्तो ।।
कति उदास छ यो जीन्दगी
गाला अड्याउने हात जस्तो ।
यो जीन्दगी खै के जीन्दगी
औशीको रात जस्तो ।।
Comment by ramesh thapa — July 22, 2008 @ 3:34 pm
नब बर्ष २००९ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभाकामना ब्यक्त गर्दछु साथै शुस्वास्थ्य एंब दिर्घायुको कामना सहीत उतरोतर प्रगतिको कामना गर्दछु उद्दि रेशम लामा
Comment by resham — December 30, 2008 @ 10:25 pm