कोही भन्छन पिरती दुई आत्मा को मेल हो

कोही भन्छन पिरती दुई आत्मा को मेल हो
कोही भन्छन पिरती जवनी मा खालीने खेल हो
जता ततै खोजी सके पिरती को परिभाषा
भन्छना कोही स्वतन्त्रता खोसिदिने जेल हो
पिरतीको अर्थ बुझ्न देवता लाई सोधी हरे
उनि भन्छन पागल हरु यात्रा गर्न रेल हो
खोजिसके जता ततै अब पालो मेरो आयो
म त भन्छु जवानीमा उर्लियको भेल हो
कोही भन्छन पिरती दुई आत्मा को मेल हो
कोही भन्छन पिरती जवनी मा खालीने खेल हो
Krishna K.C “Chhal”
Pala 2 Bagulung Nepal
Now :- chhalkri@yahoo.com



hi ramro cha prayas gardi gara la
Comment by bidur karki — November 9, 2006 @ 11:54 pm
कस्तो यो जीन्दगी
Filed under: कविताको संसार
अप्जसी
अधुरो यो जीन्दगी
बीट नमारीएको डोको जस्तो ।
भौतारीएको यो जीन्दगी
धेरै छाकको भोको जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी ।
डलेलोले पिल्सिएको वन जस्तो ।
विरक्त लाग्दो यो जीन्दगी
विधवाको मन जस्तो ।।
व्यार्थ छ यो जीन्दगी
रालो बीनाको घण्टि जस्तो ।
कति कमजोर यो जीन्दगी
सुकेको सण्टि जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी
नढाक्ने खोल जस्तो ।
घृणित छ यो जीन्दगी
पत्रुको मोल जस्तो ।।
वेसहरा छ यो जीन्दगी
शुन्यको यान जस्तो ।
नमुना मात्र छ यो जीन्दगी
बहिराको कान जस्तो ।।
खै यो जीन्दगी के जीन्दगी
हावा वीनाको साइकल जस्तो ।
कति कठोर छ यो जीन्दगी
लडाकुको र्राईफल जस्तो ।।
कति उदास छ यो जीन्दगी
गाला अड्याउने हात जस्तो ।
यो जीन्दगी खै के जीन्दगी
औशीको रात जस्तो ।।
ok thank you
Comment by ramesh thapa — July 22, 2008 @ 3:28 pm