सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

November 8, 2006

उनकै घरमा जन्ती आयो हेर्न जाउँ की जस्तो लाग्यो

स्वयंवर सिंह लामा

उनकै घरमा जन्ती आयो हेर्न जाउँ की जस्तो लाग्यो
सिंउदो अझै खाली रहेछ रंगाई दिउँ की जस्तो लाग्यो ।

पाहुना पात धेरै थियो खैलवैला ठुलै थियो
लोगन्तीलाई झुक्याएर भगाई दिउँ की जस्तो लाग्यो ।

दुलाहा हेर्दा सानै थियो चिनाजानी जस्तो थियो
उठाएर सिस्नो झ्याङमा हुत्याई दिउँ की जस्तो लाग्यो ।

राम्री पाउँदा फूर्किएर मेरै सामु ठाँटीएको
चोखो छैन भन्दीएर भाडी दिउँ की जस्तो लाग्यो ।

थाली भरि अक्ष्यता टीका दियो बत्ती बालेको थियो
टीका लाउने निहुँ गरेर छोई दिउँ की जस्तो लाग्यो ।

नेत्रकाली-७, सिन्धुली

2 Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/11/08/p187/trackback/

  1. hi bro
    dhari ramro cha yar j hos yathartha ma lakha jasto lagyo aji prayas garnu yak din abasa safal huncha

    Comment by krishna kc — November 22, 2006 @ 6:40 am

  2. sathi namaskar
    ra malai hajur ko poem dherai maan paryo.reality chha and best of luck,,,,,,

    Comment by hemanta ranbhat,spain — May 23, 2007 @ 1:17 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here