सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

November 26, 2006

खबरदार !!!

अर्पण तामाङ

खबरदार!
भोका नाङ्गा जनताहो!!
अझै सकिएको छैन क्रान्ति!
हात बाधेर नबसहै आयो भन्दै सान्ति!
त्यसैले मेरो यहा हरुलाइ
एउटा खबरदारि।
गिरि बिस्ट र थापा हरुको
सकुनि रथ मा बुइ चढेर
नारायणहिटिको बंश बिनास गरि
५८ को कालो इतिहास रच्ने
माइला काकाको बिस्वास नगरहै।
जङ्गेलेत बिरोधिको लागि
गर्यो कोत पर्ब!
तैलेत गरिस आफ्नै बंशको
नारायणहिटि पर्ब।
त्यसैले संकात लागेकै थियो
हनुमानढोकाको कास्टमन्डप भित्र
फिस्स मुस्कान छोडि
भरौटे हरुको सुका मोहोर दान लिएर
चौरिको पुच्छर ताज पहिरेपछि
रगतले पोतिएको नारायणहिटि छिरे पछि
आफ्नै बंशको सदगदिमा
कर्फ्यु घोसणा गरेपछि
रानाभाटले -याटाटाको
प्रतिबेदन बुझाएपछि
अनि!सुरुभो कौरब हरुको
तान्डब नृत्यको कालो रातृ
त्यसैले!जनताहो!!
यहा हरुलाइ अर्को खबरदारि!!
भन तिमि केको आसा गर्छौ?
त्यसैत बाबुको पेसा मुर्ति चोरि
छोराको पेसा बलत्कारि
भो आसै नगर जनता हो!
देस बिकास गर्दैन यसले केहि गरि।
बरु गाउ-गाउ अनि बस्ति-बस्ति बाट
एक जुट भएर उठ।
प्रबासमा बस्ने नेपालि हो!
कलम र आवाज लिएर जुट।
बरु रक्त रन्जित द्वाजा हरु लिएर
गोलि बारुद र कटबासको लौरो भित्र
भोक रोग र असिक्षाको
बुलुन्द!आवाज लिएर उठ।
२३७ बर्से बुढो सामन्ति रुख लाइ
लोक तन्त्रको नाराले होइन
गणतन्त्र को आराले!
चिरा चिरा तक्ता बनाइ
जनताको न्यानो घर बनाउ।
यसै बिचमा नेताज्यु!
तिमि लाइ पनि खबरदारि!!
गिरिजा,माकुने,देउबा तिमिले
ल्याएको क्राति होइन यो !
मनमा भ्रम नपाल रतिभर
अंशमा परेको पाखो बारि होइन यो
योत जनता को १९दिने चैते हुरिले
तातो रगतको बलिदानले आएको होयो।
आमेरिका र भारतले दिएको
कोसेलि नठान यो
बौलाहा राणा हरुले अङ्ग्रेज लाइ दिएको
उपहार दार्जेलिङ होइन यो
सुभाश घिसिङले झुक्याएको
गोर्खाल्यान्ड होइन यो
देश बेच्ने १९५०को महाकालि सन्धि होइन यो
जङ्गल डुल्ने बाबुराम र प्रचन्डको
साहस्त को देन होइन यो
सेरेमोनियल किङ भनेर
बादरको पुच्चार समाति बैतर्णि तर्ने
काङ्ग्रेसको पेवा होइन यो
त्यसैले!खबरदार!! नेता हरु हो!!!
तिमि हरु नठानयो!यो कुनै!!
एमालेको जनबादमा आएको होइन यो
नत कुनै नरसम्हार गर्ने
प्रचन्ड पथमा आएको होयो
योत ताना साहको बुढो रुखको
नया!तर पुराना हाङ्गा बिगाले
थिचेको डामेको अनि! निरुङकुस्ताले दिएको
परिबर्तनमुखि!क्रान्ति!!को फल होयो।
त्यसैले! खबरदार नेता हरु हो!!
माखे साङलो बुन्ने माकुरिको
जालो र महाभारत र कुरुक्षेत्रको
सकुनि बन्ने धृस्टता नगर।
तिमिलाइ पनि जनताले
खबरदारि! गरिबसेकाछन!!
त्यसैले!खबरदार!!
भोका,नाङ्गा जनताहो!
अझै सकिएको छैन क्रान्ति
हात बाधेर नबसहै!ढुक्क परि
आयो भन्दै सान्ति!
त्यसैले मेरो यहाँ हरुलाइ फेरि खबरदारि!!!

Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2006/11/26/p196/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here