सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

February 10, 2007

जीवन र मृत्यु

मृत्यु त जीवन आसन्न लक्ष हो
बाँच्नेले यसलाई कुर्नै पर्छ
जीवन निर्धारित कोशेढुंगा हो
मर्न चाहे पनि यसलाई तुर्नै पर्छ ।

हामी आफैले आफैलाई ढाँटेर बाँच्न चाहन्छौं,
या आफैलाई ढाँटेर मर्न चाह्रन्छौं ।
कोही वटवृक्ष झैं शताव्दिै नाघ्दै रमाउछौं,
कोही पानी झार झैं कलकलाउदैमा बिलाउछौं
हामी बाँचुन्जेल बाँचेर बस्छौं
र शताव्दि या सोर्‍ह दिन पछि
ढल्छौ् र मर्र्छौ् ।

बाँचेकैछ - भनी चौरासी हर्ेन आउने निम्तालु भन्दा त
वैंसमा मलामी हुन आउने चोखा हुन्छन,
सुखले मोटाएका भन्दा त
दुखले खँगारिएका बढी भोका हुन्छन ।
त्यसैले आफ्नो निम्ति बाँच्न सजिलो छैन भने
अर्कोको निम्ति बाँच्न झन सारो हुन्छ
वर्त र पूजा त कष्टसाध्य शोख हो भने
श्राद्ध र तर्पणको लागि अभागी वाध्य हुन्छ ।

बाँचेकैछु भनि जनाउन पनि केही त भन्नै पर्दोरहेछ,
भएको दिन्छु भन्न पनि उठेर तम्सनृ पर्दो रहेछ
र पानीझार होस या वटवृक्ष दुवैले
केही दिएर नै जानुपर्दो रहेछ ।

राम दाहाल
दिल्ली

3 Comments »

The URI to TrackBack this entry is: http://sayapatri.blogsome.com/2007/02/10/p210/trackback/

  1. hello namaste
    nice site
    but why not sayapatri in background?

    Comment by charitrawan — March 29, 2007 @ 10:01 pm

  2. यो नेपाली सैबत्री को फुल् को कथा त एक् दम्मै मन् पारीयो हो बधाई छ है मेरो तपाईंलाई मित्र!
    मेरो नाम् चै मोती राम तमाङ हो र घर् मेरो नुवाकोट जिल्ला बागमती अञ्चल मा पर्छ यदि तपाईं मेरो नाम् थर् थाहा हुन मन् छ भनी यहाँ मैले पठाइदेको छु है!

    Comment by मोती राम तमाङ — April 21, 2007 @ 5:38 pm

  3. Very Good Poem

    Comment by Birman Thing Rasuwa (Dubai) — April 30, 2008 @ 9:25 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here