जीवन र मृत्यु
मृत्यु त जीवन आसन्न लक्ष हो
बाँच्नेले यसलाई कुर्नै पर्छ
जीवन निर्धारित कोशेढुंगा हो
मर्न चाहे पनि यसलाई तुर्नै पर्छ ।
हामी आफैले आफैलाई ढाँटेर बाँच्न चाहन्छौं,
या आफैलाई ढाँटेर मर्न चाह्रन्छौं ।
कोही वटवृक्ष झैं शताव्दिै नाघ्दै रमाउछौं,
कोही पानी झार झैं कलकलाउदैमा बिलाउछौं
हामी बाँचुन्जेल बाँचेर बस्छौं
र शताव्दि या सोर्ह दिन पछि
ढल्छौ् र मर्र्छौ् ।
बाँचेकैछ - भनी चौरासी हर्ेन आउने निम्तालु भन्दा त
वैंसमा मलामी हुन आउने चोखा हुन्छन,
सुखले मोटाएका भन्दा त
दुखले खँगारिएका बढी भोका हुन्छन ।
त्यसैले आफ्नो निम्ति बाँच्न सजिलो छैन भने
अर्कोको निम्ति बाँच्न झन सारो हुन्छ
वर्त र पूजा त कष्टसाध्य शोख हो भने
श्राद्ध र तर्पणको लागि अभागी वाध्य हुन्छ ।
बाँचेकैछु भनि जनाउन पनि केही त भन्नै पर्दोरहेछ,
भएको दिन्छु भन्न पनि उठेर तम्सनृ पर्दो रहेछ
र पानीझार होस या वटवृक्ष दुवैले
केही दिएर नै जानुपर्दो रहेछ ।
राम दाहाल
दिल्ली



hello namaste
nice site
but why not sayapatri in background?
Comment by charitrawan — March 29, 2007 @ 10:01 pm
यो नेपाली सैबत्री को फुल् को कथा त एक् दम्मै मन् पारीयो हो बधाई छ है मेरो तपाईंलाई मित्र!
मेरो नाम् चै मोती राम तमाङ हो र घर् मेरो नुवाकोट जिल्ला बागमती अञ्चल मा पर्छ यदि तपाईं मेरो नाम् थर् थाहा हुन मन् छ भनी यहाँ मैले पठाइदेको छु है!
Comment by मोती राम तमाङ — April 21, 2007 @ 5:38 pm
Very Good Poem
Comment by Birman Thing Rasuwa (Dubai) — April 30, 2008 @ 9:25 am