हेप्छौ किन ?
हेप्छौ किन जिउदा म सडकको पेटी हरुमा!
मैले पनि त देश रुदा आशुले आँखा धोएको छु!!
थुक्छौ किन मेरा ति बाच्ने आधार हरुमा!
मैले पनि त भोको पेट र लाज छोपेकै छु!!
निधार भरि तिमीले अन्न र अवीरको टिका लाउदा!
रगत र पसिनाले मुछिएको माटोको टिका लाएकै छु!!
रमाउदा तिमीले बाहिरी सस्कृतिहरुमा!
नेपाली पन र नेपाली सस्कृतिमा नाचेकै छु!!
त्यसैले साथी खाते नभन्नु है घरि-घरि!
मैले पनि त आफ्नै संसार सजाएकै छु!!
यो भुमिमा तिमीले जस्तो गर्यौ उसै गरी!
नेपाल आमाको दश धारा दुध चुसेकै छु!!
पछारिन खोज्दा बिदेशी वर्दिका बुटहरु यहाँ!
विशालु काडा बनी नाकाभरि छेकेकै छु!!
नेपाली हुँ तिम्रै जस्तो अस्तित्व र प्रतिष्ठा छ यहाँ!
गरीबिले पिल्सिएर के भो मुटुभरि देशको माया साचेकै छु!!
आङ्सराङ् - ५ बरबोटे पाँचथर।



Great poem.. I like it very much…. keep it up manjil ji…
Comment by Suraj Giri — April 14, 2007 @ 4:28 pm
साथी,
जीबनमा नीरन्तर संघर्ष बढाउनु,र देशको नब नीमारण गर्दै बीकासको उच्चतम विन्दुमा पुग्न परदेशबाट हार्दिक शुभकामना
नयाँ बर्ष २०६४ साल को पावन आवसर मा शुभकामना साथै हजुरले आटेका सोचेका चाहेका हर मनका इच्छा आकांछा पुरा होस् साथै सुस्वास्थ्य, दीरघायु ,तथा उतर उतर प्रगती को कामना गर्दछु ।
बीनोद ढकाल
हाल यु यस ए
Comment by Binod — April 14, 2007 @ 4:40 pm
राम्रुEप्रयासकुEलागि धन्यवाद र सफलताकुEलागि शुभकामना सयपत्री परिवारलाई।
संकलित रचनाहरुEराम्रा रहुEन्।
Comment by Basanta — June 29, 2007 @ 8:07 am
राम्रो लाग्यो
Comment by कुलचन्द्र — October 14, 2007 @ 1:50 pm