सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

March 9, 2007

महानगर

Filed under: कथा घर

राम प्रसाद दाहाल

रात मध्यतिर छुन लागेको थियो र महानगर भनिने सहरहरु सुनसान र निस्प्राण हुनु पर्ने समय अझ नसके पनि काठमाडौं सहर भर्खर प्रहरी छापा पारेको रण्डी कोठी जस्तो निस्तेज र चिसो थियो । सडकको बत्तीको प्रकाशमा देखिने धमिलो हुस्सुले त्यो भयावहता र चिसो पनमा अझै मात्रा थपिदिएको थियो । टोलका भुस्याहा कुकुर छिडी, कोप्चो अन्तर कन्तरमा लुक्न पुगिसके पनि कहीं कहीं बाट अल्छि पाराको भुक्क भुक्क भने सुनिंदै थियो । हावा, थिएन, त्यसैले तापको चिसोपन त कम नै थियो तापनि वातावरणको गर्हँगोपन भने सडकमा ओछ्याइए जस्तो लाग्दथ्यो । यही आर्द्र र भारी सडकको छातीमा आफ्ना जुत्ताको डाम छोड्दै माधवी छिटो चालले पाइला चालिरहेकी थिई । महानगर भन्दा पनि बत्ती बालेर सडक ओछ्याइएको गाउँ जस्तो निर्जीव र निस्तेज काठमाडौं उसको जन्म थलो थियो, उसको कामकाजको थलो थियो र यसलाई जति नै मन नपराए पनि छोडेर जान सक्दिनथी ऊ ।
आज झमक्क साँझ परे देखि नै माधवीलाई आफ्नो घर छोड्न मन थिएन र उसले शंृगार पनि गरेकी थिइन । आज दिन धेरै उज्यालो थियो र पछिल्लो प्रहर झ्यालको डण्डी समाएर वाहिर मानिसको सिलिंग मिलिंग ओहोर दोहोर हेर्दै बिताएकी थिई । यस्तो भिडमा उसलाई जहिले पनि विरक्त लाग्दथ्यो र मानिसको हुलमा हिंड्नु पर्दा ऊ पाइलै पिच्छे तर्सिन्थी । साँझ पर्दै गएपछि भने मानिसको चहल पहल सेलाउँदै गयो र झमक्क साँझ पर्दा त फाट्ट फुट्ट मात्र मानिस देखा परेथे । यसरी मानिस हतार हतार आफ्नो ओसारोमा घुस्रेको देखेर अचम्म लागेयो उसलाई ।
किन- किन- माधवीलाई लागेथ्यो -कोही त आउनु पर्ने हो । को- थाहा छैन उसलाई । प्रतिक्षा त एउटा चाहनाको अनुभूती मात्र थियो । मनको भित्री कुनामा एउटा सजीव मूर्ति आउनु पर्ने आभाष हुन्थ्यो तर त्यो मूर्तिको रुप आँखा सम्म आएर अड्किए जस्तै । चारुमतिको फोन आउँदा माधवी सोफामा लम्पसार परेकी थिई र घन्टी सुनेर सोफा बाट हात तन्काएर रिसिभर उठाउँदै अल्छि पाराले भनेकी थिई -माधवी हेयर ।
उसको स्वर सुनेर चारुमतिले भनी -तँ तुरुन्त तयार भएर यहाँ आइज त । यहीं म कहाँ ।
माधवीले आलस्य भरिएको स्वरले भनी - आज मलाई केही गर्न मन नै छैन ।
त्यसो भन्नै मिलेन, माधवी । ग्राहक आज अलि बढी नै छन्, त्यसमा पनि सेवा अस्विकार गर्नै नमिल्ने ग्राहकहरु । बरु यसो गरुँला । तँ पार्ट टाइम सर्भिस गर, फूल टाइम अरुलाई दिउँला -चारुमतीले सुझाव राखी ।
पेशा आखिर पेशै ठहर्यो ढाडै अस्विकार गर्न नमिल्ने । आपसी सहयोग अत्यावश्यक थियो । त्यसैले उसले चारुमतीको प्रस्ताव अस्विकार गर्न नसकेर हतार हतार सिंगार गरेर फेरी र घरवाट निस्किएकी थिई ।

माधवीका अभ्यस्त कानले कहींवाट आएका पदचाप सुने । निशाचर भएपछि रातमा निस्कने कुनै आवाजलाई सुनेर छुट्याउन पर्ने हुनाले प्रत्येक पदचापलाई सुनेर पनि चिन्न सक्नु पथ्र्यो । मानिसका पदचाप सँग माधवी सधैं सशंङ्कित हुन्थी त्यसमा पनि प्रहरी पदचाप सँग । प्रत्येक निशाचरका आतंक पनि यिनै पदचापहरु हुन्छन् ।
आफ्नो पछाडी प्रहरी पछ्याइरहेको छ भन्ने बुझे पछि माधवीले आफ्नो पाइला अझ छिटो छिटो बढाई । उसलाई थाहा थियो -केही समय पछि नै उनीहरुको बिचको दूरी क्रमश घट्दै गएर भेटिने छ तर त्यो समयलाई जति लम्ब्याउन सक्थी त्यती नै उसको उम्कन सक्ने सम्भावना बढ्न सक्थ्यो ।
पहिलो पटक ऊ अनुभव नहुनाको कारणले प्रहरी हातमा परेकी थिई । अज्ञात व्यत्तिहरुद्वारा जिीक्याइएकी र लखेटिएकीले ऊ शरण लिन प्रहरी कहाँ पुगेकी थिई । उसलाई देख्ने वित्तिकै पहिलो प्रहरीले भनेथ्यो - के पर्यो, बहिनी, यो राती -
माधवी यस्ता प्रश्नको निम्ति तयार थिइन । ऊ त असिना पर्दा नजिकैको ओतमा लुक्न पुगेकी थिई र त्यहँा प्रश्न हुन सक्छन् भन्ने सोचेकी पनि थिइन ।
को हो ए माने - -कसैले भित्रवाट प्रश्न गरेथ्यो ।
अरु को हुन्छ, साप, यो मध्य रातमा र उही त होला नि । मानेको भनाइमा व्यंग्यात्मक मुस्कुराहट थियो ।
त्यसपछिको केरकार, अश्लिल शब्द र त्यसपछिको अनुभव स्वयम् एउटा कथा थियो । त्यो अनुभव फेरी दोहोर्याउन नचाहे पनि फेरी एक पटक गल्तीले र अर्को पटक दुर्भाग्यले प्रहरी पन्जामा परेकी थिई । अहिले ऊ बच्न चाहन्थी र त्यो कुरा भाग्यमा निर्भर थियो । ऊ त्यो भाग्यलाई आफ्नो पक्षमा ल्याउन चाहन्थी ।
पदचाप वढ्दे क्रमश नजिक हुदै आइरहेका थिए । माधवीले चारैतिर कान लगाई । कहीं कोही बराबराइरहेको थियो ।
राधा पियारी, भनेको मान्दिनौ, राधा पियारी ।
माधवीले सोची ऊ वचावटको ढाल बन्न सक्थ्यो । ऊ छिटो छिटो पाइला चालेर उसको नजिक पुगी । जँड्याहा बत्तीको खम्बालाई अँगालो मारेर भट्भट्याइरहेको थियो ।
सत्ते, गाली नगरन । आज साथी भाईले खाउँ न भनिहालेर पो त, नत्र म खाने नै थिइनँ ।
माधवीले उसलाई घच्घच्याएर भनी - हिंड, हिंड, घर हिंड । कति घिच्नु- आधा रातसम्म यसरी बस्नु हुन्छ-
एकाएक प्रत्यक्षमा स्वास्नी अगाडि उभिएकी देखेर जँड्याहा जिल्लियो, तर्सियो र विनित भावमा भन्न थाल्यो -हेर न, राधा । अव त सत्ते खान्न नि । तेरो मासु खाने खान्न ।
म्ाधवीले राधाको नक्कल गर्दै भनी -मुखले त कहिले पो हाल्दैनौ र- कामले सधैं घिचेकै छौ ।
जँड्याहालाई एक काँध तिर भर दिएर माधवीले उठाउन खोजी र जँड्याहा लरबरिंदै उठ्यो । जड्याहा भारी थियो निकै भारी तर त्यो भार उठाउन माधवी तयार थिई ।
तलब पा’को कि अनि पो यस्तो भयो त ।-उसको स्वरमा क्षमायाचना थियो ।
पदचापहरु नजिक आईपुगे । एउटा स्वर सुनियो ।
ए, को हँ तिमीहरु यो आधी रातमा -
माधवीले एउटी गृहिणीको नकल गर्दै भनी-मेरा जहान सा’प । अलि बढी खाएछन् आज । घर लिएर जानलागेकी ।
कहाँ बाट आएका त यो आधी रातमा -
हिड्दै ढिलो भयो, सा’प । फेरि फलामे ढिको जस्ता गहौं छन् यी । - माधवीले कति पनि नआत्तिई जवाफ दिई । समय र वाध्यताले उसलाई परिपक्व बनाएको थियो ।
के घिसार्छेस् त मोरालाई - बैंस छ त अझै ।- एउटाले व्यंग्य कस्यो ।
के गर्नु, हजुर - घरका दुइटा छाउराका निम्ति पनि घिसार्नै परेको छ । - माधवीले वाध्यता देखाई ।
जड्याहाको आधा नसा प्रहरीको उपस्थितिले नै हराइसकेको थियो तापनि मरेको मुर्दा झै भएर माधवीको काँधमा अडेस लागेको थियो । कति पटक भोगिसकेको चिसो छिडी फेरि भोग्न उसलाई रहर थिएन । माधवी स्वास्नी होईन भन्ने निश्चित भए पनि त्यसलाई स्विकार्रगर्न श्रेय ठानेर ऊ मौन थियो ।
त्यो जँड्याहाकी स्वास्नीलाई के केरकार गर्छस्, ए हस्ते - बरु त्यो अघिकी माल कता लागी सोध्न ।-हस्तेको साहेबले भन्यो ।
एउटी आइमाई यता लागेकी थिई । कता गई, हँ - देखिस् तैंले –हस्तेले माधवीलाई सोध्यो ।
यी घोक्रो फुटुन्जेल कराउदै थिए म सँग । कोही आए गएको थाहा पाईनँ, सा’प । यो फलामे ढिको बोकेको बेला त बरियातै गएको पनि के थाहा हुन्छ र –माधवीले देखेशो पोखी ।
पुर्याई दिउँ त त्यसलाई हामी –एउटाले ठट्टा गर्यो ।
भै हाल्यो । सा’पहरुलाई किन दुख - यहाँ सम्म घिसारें भने अब त कति नै छ र - फेरि जिन्दगी भर घिर्सार्नु पर्नेले यति दुख के मान्नु –माधवीले कृत्रिम पीर व्यक्त गरी ।
प्रहरी पदचापहरु हट्न सुरु गरे । अघि मरे जस्तो गरेर चलमलाउन छोडेको जँड्याहा बिम्तदै गयो र नजानिदो किसिमले माधवीको शरिर सँग खेल्न थाल्यो । माधवीले कुनै आपत्ति गरिन । त्यो शरिर भनिने काँचो मासु एउटाले आभा रात सम्म मोल तिरेर लेछेको थियो र त्या मासु सित्तै खान खोज्ने एक हुललाई एक छिन अघि मात्र शब्द र अभिनय जालले पन्साएर पठाएकी थिई । अघि भर्खरै मात्र लुछिएको जुठो सिनोलाई एउटा लोभी श्यालले मौका पाएर चाटदैमा उसलाई के आपत्ति हुन सक्थ्यो र - त्यसलाई त ऊ जहिले पनि पन्साउन सक्थी तर अहिले नै पन्साउन चाहन्नथी किनकि उसको अँगालोमा बाँधिएर एकछिन उसकी स्वास्नी बनिदिदा ऊ अरुबाट सुरक्षित थिई ।
जँड्याहा माधवी सँग डोहोरिदै गयो ।
राधा पियारी, भनेको मानिनौ, राधा पियारी ।
माधवीको घर आइपुग्न अब धेरै टाडा थिएन । प्रहरी पनि अब बिलाइसकेका थिए तर जँड्याहाको हातपात भने बढ्दै गइरहेको थियो । त्यो देखेर माधवीले मनमनै हाँस्दै भनी-ए , के गरेको – बोलाइदिऊँ प्रहरी -
जड्याहा अलिकति हच्कियो तैपनि भन्दै थियो- तिमी राधा पियारी ।
माधवीले दह्रो स्वरमा भनी - जँाड खाएर जो भेट्यो त्यसैलाई राधा पियारी भन्दै हिड्ने - जुत्ताले बजाउछु थाप्लोमा अनि ।
तिमीले अघि स्वास्नी भनेको होइन - - जड्याहाले सुरका कुरा गर्यो ।

लौ । हिडने सकिन भन्यो भनेर झन यहाँ सम्म लिएर आइदिएँ त झन उल्टो मलाई नै स्वास्नी भन्ने - बोलाऊँ मेरा टोलका केटाहरुलाई - - माधवीले पर सरेर धम्क्याई ।
आधी नसा छुटेको जँड्याहा कस्ता कस्ता हुन्छन् आइमाई पनि - भन्दै धरफरिदै आफ्नो बाटो लाग्यो । माधवी एक्लै हाँस्दै घरको मूल ढोका भित्र पसी र आफ्नो कोठाको साँचो खोल्न थाली । उसको ढोका बजेको सुनेर घरबूढीले सोधिन्-आज किन चाँडै त, नानी -
पेट दुखेकोले छुट्टी लिएर आएकी, आमा । आज जान मन नै थिएन । अफिसबाट फोन आयो र मात्रै गएकी । - माधवीले जवाफ दिई ।
खै भनेको मान्नुहुन्न रातिको डिप्टी नगर्नोस् भन्दा । राति काम गर्दा त जिउ पो बिग्र्न्छ त । -बुढीले आफ्नो राय प्रकट गरिन् ।
माधवीले जवाफ दिइन । बुढिया फेरि निदाइन् । माधवी पनि ओछ्यानमा गएर पल्टिई । सहर मरे जस्तै सुनसान थियो । रात क्रमश छिप्पिदै गयो ।

बिराटनगर
२०५०।२।३२

June 14, 2006

क्रमशः

Filed under: कथा घर

इद्रिस सायल

मेरो क्याम्पस जीवन सुरु भयो । म सदरमुकाम गएर पढ्न थालेँ । एसएलसी दोस्रो श्रेणीमा पास गरेँ । सधैंको बन्द, हड्तालले पढाइ प्रभावित भयो । आफू त ट्युसन पनि पढ्न सकिएन । कोचिङ्ग पनि पढ्न सकिएन र पनि दोस्रो श्रेणीमा पास गरेँ । सहर पस्नु हुन्न । बिग्रिन्छ अरे ! - बूढापाकाले भन्थे । तैपनि म सहर पसेँ- पढ्न ! मैले डेरा लिएको घरमा एकजना महिला मात्र बस्थिन् । घरकी मालिक्नी ! नाउँ थियो- रेखा ! रेखाका श्रीमान् जापानमा काम गर्थे- कुनै कम्पनीमा । तीन वर्षभइसकेको थियो । आएका थिएनन् । रेखाका दुइ मात्र सन्तान थिए । दुवै छोरी ! दुवै राजधानीको महङ्गो बोडिङ स्कुलमा पढ्थे । होस्टेलमा बस्थे । पढाइ ब्रि्रला भनेर घरमा आउँदैनथे- उनका छोरीहरू ! प्रत्येक शैक्षिकसत्रको अन्त्यमा रेखाले आफैँ भेट्न जान्थिन्- उनीहरूलाई ! छोरीहरूको पढाइ खर्च तथा घर्रखर्च उनका श्रीमान्ले नै पठाइ दिने गरेकाले रेखालाई निश्चिन्त बनाएको थियो ।

पहिलो दिन-
म क्याम्पसबाट डेरामा फर्के- पढेर ! कोठामा गएर लुगा फर्ेन लागेको थिएँ । देखेर तत्काल रेखा त्यहाँ पुगिन् । कोठाको ढोकामा अडेस लागेर उभिन् । उनी न त कोठाभित्र पसिन्, न त फर्केर नै आइन् । ढोकाको बीचमा उभिइन् । उनका ओठहरू पनि केही बोलेनन् । मात्र आँखाहरू कुनै अज्ञात काम गरिरहेका थिए । लुगा फेर्नै लागेको थिएँ । रेखालाई देखेर म आफैँ लजाएँ । र पनि सम्हालिएर सोधेँ- “के हो मेडम - केही काम छ कि -” सोचेँ- सायद मेरो घरबाट फोन आयो क्यारे ! त्यही भन्न आएकी छिन्- रेखा ! “…….” रेखा भने केही बोलिनन् । उनका ओठहरू पनि खुलेनन् । मात्र आँखाहरू कुनै अज्ञात काम गरिरहे । रेखाको मुहारको नीरवता देखेर म अचम्मित भएँ । अचम्मताले गाँजिएर ढोका बन्द गर्दै भने- मेडम, अहिले म लुगा फेर्दैछु । एकछिन पछि आउनुहोला ।” “लज्जालु….” यसपालि रेखाका ओंठहरू यतिमात्र बोले । उनी ढोकाभन्दा पछि हटिन् । आफ्नो कोठामा गएर विस्तरामा त्यसै पल्टिइन् । मैले लुगा खोलेँ । अर्को लगाएँ । लुगा फेरेर ढोका खोलेँ । नास्ता गरेँ । तर रेखा फर्केर आइनन् ।

म क्याम्पसबाट फर्किनेबित्तिकै रेखा डेरामा किन आएकी होलिन् - घरबाट फोन आयो कि - अथवा कसैले खबर छोडेर पो गयो कि - त्यही भन्न आएकी थिइन् कि - मेरो कोठासम्म आइसकेपछि त केही न केही भन्नुपर्ने हो ! किन नभनेकी होलिन् - केही नबोलेरै किन फर्केकी होलिन् - मैले ढोका बन्द गरिदिँदा रिसाइन् कि - म यस्तै-यस्तै सोचेँ । आफैँसँग तर्कबितर्क गरेँ । नास्तापछि म रेखाकै कोठातर्फगएँ । रेखाको कोठाको ढोका खुलेकै थियो । उनी विस्तरामा पल्टिएकी थिइन्- सोचमग्न बनेर ! मलाई ढोकामा देख्नेबित्तिकै रेखाले बोलाइन्- “आऊ भाइ, आऊ ! भित्रै आऊ !” म कोठाभित्र गएँ । रेखाले मलाई विस्तरा मै बस्न आग्रह गरिन् । म विस्तरामा बसिनँ । विस्तराकै छेऊको कर्ुर्सर्ीी बसेँ । म कर्ुर्सर्ीी बस्ने बित्तिकै उनी विस्तराबाट उठेर बसिन् । मैले सोधेँ- “अघि किन नबोल्नुभा’को मेडम - क्यै नभनी र्फकनुभा’को !” “लजालु…..” रेखाले पुनः त्यही शब्द पुनरावृत्ति गरिन् । “लजालु रे ! अँ साँच्ची ! म किन लजालु, मेडम -” मैले प्रश्न गरेँ । “म जाँदा तिमीले किन ढोका बन्द गरेको -” रेखाले सोधिन । लाज लाग्छ नि मेडम ! लुगा फेर्दै थिएँ ।” “तर अब तिमीले ढोका बन्द गर्न पाउने छैनौँ- लुगा फर्ेदा पनि !” रेखाले जोड गरिन् । मलाई अनौठो लाग्यो । मैले ट्वाल्ल परेर हेरिरहेँ- उनीलाई । रेखाले मेरो जिन्सको पाइन्टलाई एकटकले हर्ेर्दै भनिन्- “यस्तो पाइन्टको चाइन बलियो हुन्छ । हैन भाइ कस्तो सुहाएको,…..!” मैले केही बोलिनँ । मात्र मुस्कुराएँ ।

दोस्रो दिनः
म क्याम्पसबाट डेरामा फर्के- चाँडै । क्याम्पसमा हड्ताल थियो । क्याम्पसका विद्यार्थीहरू केही माग राखेर हड्तालमा उत्रेका थिए । पढाइ भएन- त्यो दिन ! क्याम्पसमा यस्तै त हो ! कहिले विद्यार्थी हड्ताल, कहिले प्राध्यापक हड्ताल, कहिले कर्मचारी हड्ताल……! मलाई देखेर रेखा दौडेर आइन् । म आत्तिएँ । ट्वाल्ल परेर हेरिरहेँ । सोचेँ- के चाल हो यो - मलाई आत्तिएको देखेर रेखाले सोधिन्- “किन आत्तिएको भाइ - लुगा फेर न !” मैले सोचेँ- म लुगा फेरुँ- नफेरुँ । यिनलाई केको चासो ! मैले भने- “मेडम, तपाईँ जानुस् । अनि म लुगा फेर्छु” “आ मेरै अघि लुगा फेर ।” रेखाले निर्देशन थुपारेझैँ गरिन् । “लाज लाग्छ मलाई !” “के को लाज - म आइमाईले लाज नमानेपछि…..!” “हैन मेडम ! मलाई त लाज लाग्छ । तपाईँ एकैछिन बाहिर निस्किनुस् । म ढोका लगाएर लुगा फेर्छु” म आफूलाई लाज लागिरहेको कुरा बारम्बार दोहोर्‍याएँ । रेखाको सामु म आफूलाई लजालु नै साबित गरेँ । “हुँदैन भाइ, हुँदैन ! तिमीले ढोका बन्द गर्न पाउँदैनौँ । तिमीले मेरो सामु लुगा फेर्नैपर्छ ।” रेखा जिद्दी बनिरहिन् । (more…)

January 19, 2006

प्रेम आयो, किन आयो ?

Filed under: कथा घर

समाचार यत्ति थियो ः उसको छोराको बिहे हुन लागेको छ।
तैपनि काठमाडाँै हल्लिरहेको थियो, एउटै वाक्यले । र, मैले बुझ्न सकिनँ, त्यो सूचनामूलक वाक्य थियो कि समाचारमूलक ? सूचनामूलक वाक्य भए पनि त्यसले उग्र ‘ब्रेकिङ् न्युज’ को रूप धारण गरिसकेको थियो ।

अर्को त्यस्तै ‘ब्रेकिङ् न्युज’ थियो, त्यसैसित गाँसिएको, ऊ स्वयम् पनि आउँदैछ । प्रेम आउँदैछ । धेरै दिनलाई होइन, केवल तीन दिनलाई । काठमाडौँलाई प्रदान गर्न उसित समय छैन । यस अखिल विश्वमै उसित कुनै मुलुकका लागि समय छैन । केवल आफू हुने जुन समय हो, त्यही समय उसको नाउँमा बित्दै जान्छ ।

स्टेट्समा उसको समय जहाँजहाँ चाहियो, ऊबाट छुट्टदिै त्यहाँत्यहाँ पुग्छ, आवश्यक मात्रामा । ऊ सेकेन्डमा भएको छ । मान्छे कोमामा गएजस्तै । समय ऊसित अनुमति नलिएरै छुट्टन्िछ । त्यसले गर्दा उसलाई थाहा छैन, ऊसित कति समय छ वा छैन । त्यसकारण ऊसित समय छैन, केवल सास छ, जुन ऊ सेकेन्डको दरभाउमा फेरिरहेको छ । हवाईजहाजमा चढ्न, एलिमेटरमा पस्न वा मातहतका मान्छेलाई निर्देशन दिन आवश्यक थियो । ऊ ती सब काम ऊबाट छुट्टएिर स्वयम् उसको समयले गर्दथ्यो । (more…)

October 16, 2005

चाउरी परेका अनुहारहरू

Filed under: कथा घर

कथा

  • सुनौलीबाट बिहानै रिक्सामा बसेर भैरहवातिर लागेँ । रिक्सा तान्ने पहाडिया नै थियो । बीस रुपियाँ भन्यो, मैले “हुन्छ” भनेँ । तर भा.रु. लिने हो कि ने.रु - निधो भएन । सोधिहालौं भने - यसलाई थाहा रहेनछ भनेर ने.रु. को सट्टा भा.रु. नै लिने हो कि - मैले केही भनिन । सिमानामा यस्तै हुन्छ । “अन्य दिनहरूमा भाडा दस रुपियाँ नै हुन्छ तर आज अन्य सवारीसाधन नचल्ने भएकाले भाडा बढेको” भन्दै रिक्सावालाले आफ्नो सफाइ दिँदै थियो । मतिर फर्किएर ङच्िच हाँस्दा हृवास्स घरपालाको गन्ध मेरो नाकमा पस्यो । सुन्न त सुनेकै थिएँ, यहाँ खानेहरूले एकाबिहानै हुलिसकेका हुन्छन् रे । किन नहोस् एउटा सेक्सन अफिसर वा प्रोफेसरको तलबभन्दा बढी कमाउँछन् यी सिमानाका रिक्सावालाहरूले । तन्काएको छ भन्ने थाहा पाएपछि मैले पनि बाटो काट्ने उद्देश्यले उसित गन्थन गर्न शुरु गरेँ । अब समस्या थियो कुन विषयमा कुरा गर्ने - विहारको रिक्सावाला भएको भए राजनीतिका कुरा गर्ने थिएँ र मैले पनि केही सिक्न पाउने थिएँ । विहार पैसाले गरिब भए पनि राजनीतिमा धनी राज्य हो भारतको । साहित्यको कुरा गरौँ भने रिक्सावालासित के साहित्यको कुरा गर्ने - घरायसी कुरा नै ठीक होला भन्ठानेर मैले शुरु गरेँ (more…)






















  • Get free blog up and running in minutes with Blogsome | Theme designs available here