सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

August 19, 2008

कस्तो सम्योग

बिमल गिरी

कस्तो सम्योग जुरो आज भेटभो तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग

पिडादयी नहोस् यात्रा गन्तब्यमा पुग्नलाई
जिबन हाम्रो बिम्ब बनोस जुन ताराले थाहानपाई
साझ बिहान मुस्काइरहु सधैं तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग

मुहार भरी अचम्मको चमक छायो आज
खुशी फुल्यो चारैतिर बिह्वल भयो लाज
जोसजागर झुल्क्यो मनमा भेट भयो तिमीसँग
दुई आँखाको मिलन सँगइ मन भयो उमङग

चारपाने झापा
(अनेसास) बेल्जियम च्याप्टर

November 23, 2006

अब जीवनको हिसाब नखोज

दीपक जडित

बेहिसाब नै बितीसक्यो अब जीवनको हिसाब नखोज
जती दुख्नु दुखी सकें म , कति दुख्छौ - भनेर नसोध ।

सुनबुट्टे रहरहरु आंखैमा फुटेर रगतको आंशु झरीरहें
पाईला पाईलामा टेकेर आफैंले फूलाएको सपना मारीरहें
खाली खाली भै रित्तिसकें , कती बांकी छु - अब नखोज
जती दुख्नु दुखी सकें म , कति दुख्छौ - भनेर नसोध ।

आफ्नै नियतीको भुमरीमा परेर बालुवाको अक्षरझैं मेटिईगएं
कण कण भै उडेर धुलो संगै आफ्नै भाग्य संग रेटिईरहें
टुक्रा टुक्रा भै बांडिईसकें , कहां सिंगो छु - भै गो नखोज
जती दुख्नु दुखी सकें म , कति दुख्छौ - भनेर नसोध ।

November 21, 2006

तिम्लाई खुसि मिल्छ भने एकान्त मै रोई दिन्छु

“इखालु”रमेश गेलाल

तिम्लाई खुसि मिल्छ भने एकान्त मै रोई दिन्छु
मेरा सपना इच्छा सबै आँशुले नै धोई दिन्छु ।

तिम्रो जीवन मेरो खुसि आँशु कत्ति बग्नु हुन्न
त्रि्रो मधुर मुस्कानलाई अन्त कतै लग्नु हुन्न
मनका पिडा तड्पन बरु अध्यारो मै रोई दिन्छु
मेरा सपना इच्छा सबै आँशुले नै धोई दिन्छु

शितको थोपा जस्तै तिमी म बाट विल्नु हुन्न
मेरो मुटु चपाएर अरुलाई नै निल्नु हुन्न
सत्य कसम धरो धर्म तामा तुल्सी छोई दिन्छु
मेरा सपना इच्छा सबै आँशुले नै धोई दिन्छु ।

खोटाङ्ग बजार-१, खोटाङ्ग

November 7, 2006

सुनिदेउ मेरो कथा बुझिदेउ मेरो मर्म

मन्जील् दिप् आङ्देम्बे

मन भरि आशा बोकि कल्पि बस्छु
मुटू भरि माया साचि अझै बाच्छु
तिम्रो आगमनको सुनाउलो बिहानी मा!
बशन्तको बहार् बनि छाई दिन्छु

आशाहरु जलन् भएर किनार् खोज्दै बगे भने
प्रीतहरु खरानी भएर बतासिन्दै उडे भने
साझको घाम् सङ्गै नउदाउने गरि डुब्छु!
बशन्तमा नौ रङ्गी फूल् झै फूलेनौ भने

सुनिदेउ मेरो कथा बुझिदेउ मेरो मर्म
यो जुनिमा जन्म लिए केवल् तिमी पाउन
साथ् दिए रहन्छु साथ् टोडे मर्छु!
ए माया मुटू जोड प्राण् मेरो बचाउन।

manjeeldeep@yahoo.com

July 17, 2006

उनको सिउँदो सजिदा एकान्तमा रुदै थिए

कृष्ण लामीछाने

उनको सिउँदो सजिदा एकान्तमा रुदै थिए
दिन केही नभएर आँशु उपहार दिए

डोली चढि उनि गइन आफ्नो मान्छे पराई भइन
वीरसौ भनि कोशीश गरे सधैं मनभरि रहिन
बिछोडले फाटेको मुटु वीरहले सिए
दिन केही नभएर आँशु उपहार दिए

उनि मेरो नभएनि माया अब नरहेनी
हासी खुशी बाँचि रहुन सधै म रोएपनी
उनकै यादमा बग्ने आँशु नशा सम्झी पिएँ
दिन केही नभएर आँशु उपहार दिए

दुइ
(more…)

July 5, 2006

नभुल तिमी मलाई

कृष्ण लामीछाने

नभुल तिमी मलाई दुखको शागरमा डुबाएर
सक्तीन हाँस्न म मुटुको ब्यथा लुकाएर

तिम्रो मायाको तरङ्गमा डुब्दै थिए
पत्त्तै भएन कहिले यो मुटु तिमीलाई दिए
यती धेरै खुशी छु नदेउ पिरब्यथा मलाई
सक्तीन रुन म आँशु सुकाएर

कयौ रात बिहानि भयो तिमी आउने आशामा
बाटो तिम्रो हेर्दैरहे जुनताराको साथमा
पर्खि रहेछु मिलनको आशामा नदेउ बिछोड मलाई
सक्तीन जिउन म जिउँदो लाश भएर
काभ्रे , हाल - इराक

April 2, 2006

जिबन भरी बाँच्नुपर्यो कोमल मुटु जलाइ

कुलदिप सापकोटा

निष्ठुरीले सयौंचोटी धोका दियौ मलाइ ।
जिबन भरी बाँच्नुपर्यो कोमल मुटु जलाइ ।
सुन्दर रुप हेर्दै राम्रो मायालुको जालो,
पछी पछी थाहा पाएँ भित्री मनको कालो ।

माया लगाइ निष्ठुरीले धन सम्पती छ कि भनी,
पछीहुँदै पराइ भयौ आफन्तलाइ टाढा गनी ।
सयौं चोटी बिन्ती गरें गइ नदेउ है टाढा ,
तिम्रै माया लाग्छ मलाइ रगत भन्दा गाढा ।

तिम्ले मलाइ आफ्नो सम्झे म पनि त तिम्रै हो नि,
बाहीर हेर्दा बेग्लै भए, भित्र भने तिम्रै छु नि ।
माछा पुछ्रे हिमाल राम्रो लालीगुराँस फुल्दा ,
सयौं दुख बिर्सन्छु है तिमी सँग भुल्दा ।

चितवन , हाल कतार

March 19, 2006

बिदेशीनै पर्यो तब जादै जान्न भन्दा भन्दै

परिहास सुब्बा

दोब्बर तेब्बर बढी सक्यो साहुको रिण गन्दा गन्दै
बिदेशीनै पर्यो तब जादै जान्न भन्दा भन्दै

आगो लागे झूपडी नै नराम्ररी डढ्दो रैछ
दैब पनि नहुने कै बिरुद्धमा लड्दो रैछ
खडेरीले सखाप पार्यो पाखो बारी खन्दा खन्दै
बिदेशीनै पर्यो तब जादै जान्न भन्दा भन्दै

बिदेशीनु पर्दा मलाई दुख लाग्या छैन तर
विवशता हो भने पनि नरोएको हैन तर
झूप्रो समेत उड्नै लाग्यो स्वभीमानी बन्दा बन्दै
बिदेशीनै पर्यो तब जादै जान्न भन्दा भन्दै

February 27, 2006

त्यो फूल मैले, कसरी टिपूँ ?

तुलसी घिमिरे

त्यो फूल मैले, कसरी टिपूँ, काँडा नै काँडा छ
कसरी पुगूँ बादलु पारि डाँडा नै डाँडा छ।

बिहानमात्रै कोपिला थियो फूल आज फूलेछ
सुटुक्क आई बगैँचाभित्र, भँवरा डुलेछ

जुन गीत गाउँछु छेकिन्छ स्वर दुरीनै टाढा छ
कसरी पुगूँ, बादलु पारि डाँडा नै डाँडा छ।।

चरीझैँ उडूँ, दौडेर पुगूँ, मन हुन्छ दोमन
मन त थियो उडेर आउने आएनौ नभन

बुझाउँछु मन मसँग तिम्रो, तस्विर छाया छ
कसरी पुगूँ, बादलु पारि डाँडा नै डाँडा छ।।

November 21, 2005

सम्‍झी सम्‍झी नरुनु है छाती चर्किएला

कुलदिप सापकोटा

तिम्रो निम्ती कति रोएँ तिमी हाँसी छौ ।
माया मलाइ दिन्छु भनी अन्तै गाँसी छौ ।

सुख दुख धन सम्पती सबै दिएँ पैंचो
छाती भरी ब्यथा दियौ छैन मलाइ सन्चो ।

मुटुको यो चारै कुना दुख्न थाल्यो अचेल
आफ्नो मन आँफै सँग बुझ्न छाड्यो अचेल ।

भग्य मेरो लेखेनछ तिमीलाइ खुसी राख्न
दुइदिनको जिबन मेरो गाह्रो भयो साँच्न ।

जिन्दगीमा कुनै दिन भाग्य फर्किएला
सम्‍झी सम्‍झी नरुनु है छाती चर्किएला ।
चितवन

October 29, 2005

दन्किएको चितामाथि ज्यूँदो जिन्दगानी कहाँ ?

  • गीत
    1. विश्वासको खडेरीमा वसन्तको पानी कहाँ
      दन्किएको चितामाथि ज्यूँदो जिन्दगानी कहाँ
      देखिँदैन सल्बलाई ज्वालामुखी छातीभित्र
      विषमात्र अटाइन्छ नीलकाँडे पातीभित्र
      हृदय भो मरुभूमि साउने जवानी कहाँ
      दन्किएको चितामाथि ज्यूँदो जिन्दगानी कहाँ ।
      मरेपछि बाँच्ने रहर सम्बन्ध नै आगो बन्छ
      भासिएको मायाजाल जेलिएको धागो बन्छ
      मनको पीर, आलो घाउ सुकाइदिने वाणी कहाँ
      दन्किएको चितामाथि ज्यूँदो जिन्दगानी कहाँ ।

    रामगोपाल आशुतोष
    सल्लाघारी, भक्तपुर-१७






















    Get free blog up and running in minutes with Blogsome | Theme designs available here