सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

September 29, 2006

जिन्दगीको कथाभरी चोट छ खाली कहाँ छ र ?

प्रस्तुत गजल मैले पहिल्यै नै राख्नुपर्ने हो तर इन्टरनेटबाट केहि टाढा भएको कारण राख्न सकिरहेको थिइन तथापी यु ट्युवमा भने धेरै अगाडी अपलोड गरेको थिँए । आज यसो साइबरमा पसेको बेला उक्त भिडियोलाई राख्नु पर्यो भनेर हेरेको त जुन फाइल अपलोड गराउन तयार पारेको थिँए उक्त नगराएर तयार नभएको टुक्रा पो परेछ । आफुसँग अहिले इन्टरनेट नभएको हुदा फेरी मिलाउन पनि गाह्रो भएकोले जस्ताको तस्तै यहा राखेको छु ।एक तराइ बासी मित्रले खुबै जोस र जाँगरका साथ वाचन गरेको गजल हेर्ने हो भने प्रस्तुत भिडियो हेर्नुहोला ।

September 11, 2006

सम्झी आउँछ लुकामारी खेलेको त्यो गैरी गाउँको

कतारका नेपाली युवाकविहरुलाई उडुसले टोकेर दुख दिएको पिडा पश्चात आज अर्को यौटा भिडियो यहाँ राख्दैछु । प्रस्तुत कविता पद्यमा लेखिएको छ र यो कवितामा कविले आफु कतारमा दुख गर्न आएको बेला उता घरमा बालबच्चा परिवारलाई परेको पिडा समस्या लाई केलाउने कोशीष गरेका छन । मोति जयन्तीको अवसरमा वाचन गरीएका साहित्यिक रचनाहरुलाइ यहाँ राख्ने क्रममा स्विकार्नुस यो नवौं भिडियो

September 8, 2006

कतारमा रहेका नेपाली युवा कविहरुलाई उडुसले सतायो

देशमा होस या विदेशमा कथा आफ्नै हुन्छ ब्यथा आफ्नै हुन्छ । बुझ्नेले बुझिहाल्छन नबुझ्नेले हाँसेर उडाइदिन्छन । घर परिवारले सोच्दाहुन छोरो बिदेशमा पैसा कमाउन गएको छ टन्न पैसा कमाएर आउँछ भन्ने तर विदेशमा छोराको कुन हविगत छ त्यो त सायदै सबैलाई थाहा होला । विदेशमा कामगर्दा कती मान्छेको गाली सुन्नुपर्छ , कतीको अपमान सहनु पर्छ त कतीको त कुर्टाई पनि खानुपर्छ त्यो त छँदै छ तर यहाँ एक युवाकवीले भने अली भिन्नै कारणले पिडीत भएको गुनासो गरेका छन । उनलाई कतारको चर्को घाम , तातो हावा , साहुको हप्की दप्की , अपमान र शोषण भन्दा पनि उडुसको टोकाइले सताएको छ त्यै भएर मोति जयन्तीको उपलक्ष्यमा भएको साहित्यिक वाचनमा उनले त्यो गुनासो सहीतको एक गजल सुनाए । उडुस पिडीतकै आवाजमा गजल सुन्ने हो भने तल दिएको प्लेएरको प्ले वटम थिची प्ले गरेर हेर्नु होला । सुरुका चारलाइन भने यसप्रकार छन ।
काम पर्‍यो श्रमीकको ढुङ्गा सिमेन्ट बोकाई छ ।
रातभरी नै निन्द्रा छैन उडुसको टोकाई छ ।

तातो हावा तातो पानी तातै छ धर्ती आकाश ,
कसो गरी जिउ लाग्थ्यो सिद्रा जस्तो सुकाई छ ।


September 6, 2006

राजा अचेल इन्टरनेटमा जुवा खेल्न थालेका छन

मोति जयन्तीको अवसर पारेर नेपाल कतार पत्रकार संघले आयोजना गरेको साहित्य वाचनमा वाचीत साहित्यलाई यहाँ राख्ने क्रममा आज सातौ भिडियो राख्दै छु । तर आजको भिडियो चाँही अरु कसैको नभएर आफ्नै परेको छ । एक मित्र कुमार कार्कीको निमन्त्रणालाई स्विकार्दै म उक्त कार्यक्रममा गएको थिँए र एक गजल वाचन गरेको थिँए । गजल मोतिरामले लेख्नेजस्तो सिंगारीक धारमा चाँही छैन । देशको बदलिंदो परीवेश लाई मध्यनजर राख्दै लेखिएको गजललाई कति साथहरुले मन पराउनु भयो भने कतिले इमेल बाट गाली पनि गर्नुभयो त्यस्को लागी मेरो भन्नु केहि छैन्ा । जस जसलाई यो गजल मन परेन अथवा गजल सुनेर चित्त दुख्यो उहँाहरुको लागी यो भिडियो फेरी दोहोर्‍याएर नहर्ेर्ने सल्लाह भन्दा अरु म केहि दिन सक्दीन । यस ब्लगको ब्लगर चहल सयपत्रीलाई हर्ेन मन छ भने यो भिडियो हर्ेर्नुहोला र यदी तपाइँको कम्प्युटरमा भिडियो प्ले हुँदैन भने गजल पढ्नको लागी भित्र जानुहोला ।
गजलको वाचन भन्दा पहिले वाचन गरेको एक मुक्तक भने यस प्रकार छ ।
मै हुँ भन्ने तानाशाहलाई जनताले ढालेका छन ।
उसका हरेक अवशेषलाई उखलेर फालेका छन ।
जनताका छोराले जागीर खोसीदीए पछी ,
राजा अचेल इन्टरनेटमा जुवा खेल्न थालेका छन ।


गजल पढ्नको लागी भित्र जानुहोला (more…)

September 5, 2006

थाहा छैन आजभोली भानुभक्तहरु के देख्दैछन ?

विविध प्राविधिक समस्याका कारण सम्पूर्ण भिडियोहरुलाई राख्न नसके पनि अझै म सँग केहि भिडियोहरु तयार छन यस ब्लगमा राख्नको लागी । आजको लागी चाँही कतारका नेपालीहरुका लागी अति विशिष्ट ब्यक्ती मानीनुहुने श्री राजेन्द्र पाण्डे ज्यु को कवितालाई यहाँ राख्ने जमर्को गरेको छु । सुने अनुसार कतारमा रहेका लगभग एक लाख पचास हजार नेपालीको लागी उँहा एकमात्र अभिभावक मानिनुहुन्छ अरे । तर आफुलाई आजसम्म कतारमा कुनै समस्या नपरेको हुदा यो के कति सत्य हो त्यो अनुभव गर्ने अवसर त मिलेको छैन तथापी साना तिना कार्यको लागी भने उहाँको कार्यालयमा भने एक दुइ पटक पुगेको थिएँ । उहाँ अर्थात कतारका लागी नेपाली कार्यवाहक राजदुत हुनुहुन्छ । कार्यक्रममा सुने अनुसार उँहाले गीत पनि लेख्नुहुन्छ र केहि गीतहरु रेकर्ड पनि भएका छन अरे तर मलाईचाँही उहाँको बारेमा पुर्ण जानकारी नभएको हुँदा अरेको भाषा प्रयोग गर्नु परिरहेको छ त्यस्को लागी क्षमा चाहन्छु । आशा छ यदी उहाँले यो ब्लग हेर्नुभयो भने सायद केहि प्रतिकृया अवश्य आउने छ भन्ने । उहाँले वाचन गरेको कविता हेर्ने हो भने तलको भिडियो प्ले गर्नुहोला । कविताको दुइलाईन एसप्रकार छ
थाहा छैन,
आजभोली भानुभक्तहरु के देख्दैछन
तर घाँसी त हँसीया छाडी बन्दुक समाउन कुदेको थियो


September 2, 2006

मलाइ छोडी नजाउ पाप तिमीलाई लाग्ला है

मोति जयन्तीको उपलक्ष्यमा गरिएको साहित्य वाचन कार्यक्रममा खिचेका भिडियोहरु अdmै केहि बाँकी रहेको हँुदा आज अर्को यौटा भिडियोलाई यहाँ राखेको छु तर यो भिडियोमा न त कसैले कविता सुनाउँछ , न त गजल । एक युवा सहभागीले एउटा मिठो गीतको ट्रयाकमा आफुले गीत प्रस्तुत गरेका थिए । यो गीत मलाई साह्रै मनपर्ने गीत भएको हुँदा भिडियोमा कैद गरेको थिएँ जसलाई यहाँ राखेको छु तर माफ गर्नुहोला गीत गाउने ति स्वरका धनी मित्रको नाम भने मलाई थाहा भएन यदी तपाँइलाई थाहा छ भने कमेन्टमा लेखिदिनु होला ।

September 1, 2006

काँचो मासुको भाउ छ रे …..

मोति जयन्तीको उपलक्ष्यमा भएको साहित्यवाचन कार्यक्रममा वाचित साहित्यहरुलाई भिडियो ब्लगमा राख्ने क्रममा पुन चौथो भिडियो यहाँ राखेको छु । आयोजक मण्डलले बनाएको एउटा मात्र कविता वाचन गर्ने नियमलाई तोड्दै दुइओटा कविता वाचन गरेका प्रस्तुत कविको पहिलो कविताले धेरै वाह वाह लुट्न सफल भएको थियो ।
कविताका केहि हरफ यसप्रकार छन ।
चुम्वन खाइरहेकी छन ति कश्मीरी गालाहरुमा
मादकता छ उनको अंग प्रत्यङ्गमा
मस्त छिन उनि श्रीमानको बाहुपासमा
छाइरहेछ कि सुन्यता ,
लाग्छ त्यो कुरुक्षेत्रको विनास पछीको सन्नाटा
अनि रती र कामदेवको समागमको सुरु
सुनिन्छ अन्धकारमा सुस्क आवाजहरु
अनुभुती गर्छीन उनि शिथिलताको चरम उर्त्र्सगको
न त यो द्वन्दको प्रहरको सुरुवात हो
नत यो विश्वकप फुटवलको रोमान्चक भिडन्त
सायद यो श्रृजनाको इतिहाँसको कृणा हो
त्यसैले रोमान्चक खेल चलीरहेको छ
दुइ खेलाडी स्वयं दर्शक बनि

वाँकीको लागी भिडियो नै हेर्नुहोला

August 31, 2006

पर्राई सँग नाचे हुन्छ

१४१औं मोति जयन्तीको अवसरमा भएको साहित्यवाचनमा खिचेका भिडियोहरुलाई प्रकाशन गर्ने सिलसिलामा आज तेस्रो भिडियो यहाँ राखेको छु । भिडियो खिच्ने सुरुमा गजलकारमो नाम टिप्न विर्सिएको हुँदा प्रस्तुत गजलकारको नाम यदी तपाँइलाई थाहाभएमा कृपया कमेन्टमा लेख्नुहोला ।

August 28, 2006

झ्यामपुतली सामु पर्दा ठाँट्टीएर फेरी पिएँ

१४१ औं मोति जयन्तीको अवसरमा भएको साहित्यवाचन कार्यक्रमको अर्को यौटा भिडीयो प्रस्तुत गरेको छु यहाँ । आजको गजल वाचन गर्ने युवा गजलकार हुनुहुन्छ परिहास सुब्बा । खिचाइमा भएको गल्तीको कारण सुरुमा अलिकती गडबड भएको छ यस भिडियोमा र आवाज पनि अली सानो आएको छ । हेर्नको लागी तलको प्ले वटममा थिच्नु होला ।

August 27, 2006

श्रीमतीले यौटा छोरो पा’की भए हुन्थ्यो

१४१ औं मोति जयन्ती को उपलक्ष्यमा सम्पन्न भएको साहित्यवाचन कार्यक्रममा खिचेका केहि भिडियोहरुलाई सयपत्रीमा प्रकाशन गर्छु भनी गरेको वाचालाई पुरा गर्न आजदेखी भिडीयो हरुलाई यहा राख्न थालेको छु । पहिलो भिडीयोको रुपमा एउटा गजल वाचनलाई लिएको छु तर दुखको कुरा एस कार्यक्रममा देखेका सबै अनुहारहरु मेरालागी नयाँ भएको हुँदा भिडीयो खिच्ने सुरमा नाम टिप्नै बिर्सिएछु तर्सथ यो भिडीयो हेरेर कवि स्वंय अथवा नेपालकतार पत्रकार संघका महानुभावहरुले प्रस्तुत गजलकारको नाम यही रहेको कमेन्टमा लेखिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
भिडियो प्ले गर्न तल प्ले लेखीएको वटममा थिच्नु होला


यदी तपाँइको इन्टरनेट स्पीड स्लो छ भने एकपटक पुस वटम मा थिचेर पुरा लोड भैसकेपछी मात्र प्ले गर्नुहोला । यदी यो भिडियो प्ले गर्न सक्नु भएन भने पढ्नको लागी भित्र आउनु होला । (more…)

December 4, 2005

सबको मालुम हे में सराबी नही ….



सयपत्रीमा भिडीयो ब्लग राख्छु भन्दाभन्दै धेरै दिन त्यत्तिकै बित्यो । आज भिडीयो तयार गर्छु भन्दाभन्दै त्यत्तिकै बित्यो । सुत्नलागेको थिए निन्द्रा लागेन त्यै भएर फेरि उठें र कम्प्युटर खोलें । कतारमा बिस्तारै गर्मी कम हुन थालेको छ । सायद बिस्तारै जाडो पनि सुरुहोला तर नेपालमा यतीबेला साह्रै जाडो छ । यो मौसम विबाह , ब्रतबन्ध, भोज को हो तर्सथ यो मौसममा मदिरा खुबै चल्छ । आज मैलेपनि अली अली मदिरा पान गरेर हो की के हो मदिराको बारेमा ब्लग गर्न मन लाग्यो र सुतेपछि पनि उठें। आधारातमा कविता वाचन गर्ने त कुरा भएन त्यै भएर मदिरा सम्बन्धि गाइएका तीन गजललाइ मैले भिडीयोमा राख्ने जमर्को गरें । आधा घण्टाको बिचमा तयार पारेको यो भिडीयोमा प्रसस्त गल्तीहरु छन । आशा गर्छु तपाँइहरुले यसलाइ संच्याउनु हुन्छ भन्ने । यो भिडीयोमा पंकज उदास द्दारा गाइएका तीन गजल लाइ राखेको छु जो मदिरा सँग मात्र सम्बन्धित छ । हेर्नुस र रमाउनुर पँकज उदासका यी गजलहरुसँग , यदी तपाँइलाइ गजल मन पर्दैन भने मलाइ लेखी पठाउनुस के मनपर्छ अर्को अंकमा म राख्ने कोशीस गर्ने छु ।
गुगलमा हेर्ने हो भने याँहा क्लिक गर्नुहोला

November 18, 2005

रोकिंदैन आन्दोलनको आँधी चलेपछी (भिडीयो ब्लग)


  • भिडीयो ब्लगको परिक्षण पश्चात आज देखी नियमित रुपमा भिडीयो ब्लग गर्ने योजना बनाए अनुरुप आजको भिडीयोमा आँफैले रचना गरेका दुइ गजल लाइ यहाँ राखेको छु र स्वर्गीय कवि हरिभक्त कटुवालको एउटा कवितालाइ पनि समेटेको छु तर दुखको कुरा के भने आज सबै साथीहरु ब्यस्त भएको कारणले गर्दा क्यमरा चलाउने कोही नपाएर आफ्नै अँधेरो कोठामा आफु अगाडी क्यमरा राखेर आँफैले नै यो रेकर्ड गरें त्यसकारण भिडीयोमा लाइट नपुग्नाले अली अँधेरो आएको छ । कहिल्यै क्यमरा र माइक्रफोन अगाडी नबोलेको हुँदा अली अप्ठेरो अनुभबका साथै खुलेर बोल्न सकिन । त्यस्तै खिचीसकेको भिडीयोलाइ एडिट गर्न पनि अनुभब नभएको कारण सारै अप्ठेरो भयो तथापी दुख सुख हेनहुने बनाएको छु कस्तो लाग्छ कमेण्टमा लेख्नुहोला । यदी तपाँइकोमा यो भिडीयो प्ले भएन भने पढ्नको लागी गजल लेखेको पनि छु पढनुहोला ।
  • भीत्र गएर (more…)

    November 11, 2005

    सयपत्रीको परीक्षण भिडीयो ब्लग



    यदी यो भिडीयो प्ले भएनभने एकपटक रि फ्रेस गरेर प्ले गर्नुहोला ।

  • केहि दिन पहिले देखी सोचिरहेको थिंए सयपत्रीमा रचनाहरुलाइ आँफैले वाचन गरेर भिडियो ब्लग शुरु गर्ने भनेर तर बिभिन्न प्राविधिक कठिनाइका कारण गर्न सकिरहेको थिइन । आज परीक्षणको लागी सानो भिडियो क्लिप राखेर यसको शुरुवात गरेको छु । आउंदा दिनहरुमा साहित्यिक रचनाहरुलाइ आफैले वाचन गरेर वा रचनाकारहरु बाटै वाचन गराउन लगाएर भिडियो ब्लग गर्ने छु । आशा छ तपाइहरुले सल्लाह, प्रतिक्रिया दिनुहुन्छ भन्ने । आजको परिक्षण भिडियो ब्लग कस्तो लाग्यो त कमेन्टमा लेख्न नभुल्नु होला ।यदि तपाँइले माथीको तस्बिर देख्नुभएको छैन भने यहाँ क्लिक गर्नुहोला





















  • Get free blog up and running in minutes with Blogsome | Theme designs available here