सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

November 27, 2006

देश छाडें प्रदेशी यो माटो अर्कैभो

सवाल
देश छाडें प्रदेशी यो माटो अर्कैभो
स्वदेश प्रति प्रेमको पाटो अर्कैभो
दुखै दुख जीन्दगी बिताउनु छैन मलाई
अब बल्ल हिड्ने मेरो बाटो अर्कैभो

वाग्ले पकाश “बगर

जवाफ
नयाँ ठाउ परिवेशमा माटो नबिर्स
स्वदेश प्रति कर्तव्यको पाटो नबिर्स
राम छाँया हो दुइदिनको मोजमस्ति साथी
गरीबिको चहयाउने खाटो नबिर्स

दिपक देवकोटा “दिपु”

November 8, 2006

दुइ मुक्तक

कृष्ण केसी ‘छल’

मुक्तक - १

जुन पनि लुकी गयो तिमीलाई देख्दा खेरी
शब्द हरु हराई सके तिम्रो बखान लेख्दा खेरी
देवताहरु पनि हार मानी गए
परी हरु लुकी गए तिम्रो बाटो छेक्दा खेरी

मुक्तक -२

सत्य सत्य झुटो मैले लखेको छैन प्रिय
तिमी बाहेक अरु कसैको बाटो छेकेको छैन प्रिय
मुटु भित्र तिम्रो नाम लेखी सके बिश्वास गर
तिमी बाहेक अरु को तस्वीर दखेको छैन प्रिय

pala 2 kahara bagulung

January 7, 2006

पिएर त हेर

‘मैले पिएकोमा रिसाएका साथीहरु
पिएर त हेर, पिउन झन् गाह्रो छ ।
मरेर शहीद हुनेहरु
जिएर त हेर, जिउन झन् गाह्रो छ !!’
भूपि शेरचन

October 21, 2005

केहि नेपाली मुक्तकहरु

  • हरिभक्त कटुवाल
  • कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
    कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
    यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
    अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।

  • भूपी शेरचन
  • मैले पिएकोमा रिसाएका साथीहरू
    पिएर त हेर, पिउँन झन गाह्रो छ
    मरेर शहीद हुनेहरू
    जिएर त हेर, जिउँन झन गाह्रो छ ।

  • भीमनिधि तिवारी
  • पैसा तिर्नुपरे औषधि पनि नखाने
    सित्तैमा पाए विष पनि खाने
    हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
    भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने

  • विकास गोतामे
  • उसलाई त मैले चिनकै छैन
    उसले त मलाई चिन्छे रे
    मेरो मायाको दाम सोद्धै थिई
    सस्तोमा पाए किन्छे रे

  • नगेन्द्रराज शर्मा
  • जब यौवन यौवन यहाँ आँखी छ
    आँखा आँखामा आमन्त्रणको झाँकी छ
    किन चासो कि, कहाँ बिताएँ रात मैले ?
    यही काफी छ कि ममा बैंश अझै बाँकी छ ।

  • मनु ब्राजाकी
  • जति धेरै आफुलाई केलाउँछन्
    त्यति धेरै तिमीलाई खेलाउँछन्
    मरेपछि स्वर्ग जाने ढल जस्तो-
    बागमतिमा आफूलाई सेलाउँछन् ।

  • गोविन्द गिरी प्रेरणा
  • पहाडले झैँ जिन्दगी जिउन पाए पनि हुन्थ्यो
    सागरले नदी पिए झैँ पिउन पाए पनि हुन्थ्यो
    फाटेर मन प्वालैप्वाल भइसक्यो –
    यसपालीको बसन्तमा त सिउन पाए पनि हुन्थ्यो






















    Get free blog up and running in minutes with Blogsome | Theme designs available here