सहु सहु सहु बाबु सहनै नसके पनि - सम
sayapatri

मेरो बारेमा साहित्यिक वेबसाईटहरु नेपाली वेबसाईटहरु नेपाली ब्लगहरु दैनिक पत्रीकाहरु साप्ताहिक पत्रीकाहरु

सयपत्रीमा तपाँइको रचना प्रकाशन गर्ने हो भने कृपया नेपाली

unicodeफन्टमा टाइप गरी chahal_sayapatri@yahoo.com मा इमेल गर्नुहोला ।

October 4, 2006

ऐना

Filed under: लघुकथा

अनुकृतिका

मैले मेरी आमासँग नारी जातिले विकास गर्न नसकेको कारण के हो ? भनेर प्रश्न गरें । प्रत्युत्तरमा उहाँले भन्नुभयो, ‘छोरी यसका लागि हामीले घरभरिका ऐना झिकिदिनुपर्छ ।’

March 29, 2006

जाडोको लुगा र टोपी

Filed under: लघुकथा

डा. रविन्द्र समिर

जाडोको लुगा

‘….पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको…….यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्‍यो…..।’ रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो ।
….यसको मूल्य अठार सय, यसको बाह्र सय, यो पातलोचाहिँको आठ सय, यो स्वीटरको सात सय…..। रिठ्ठेले दुइपटक बजार परिक्रमा गर्‍यो र सरासर छेवैको भट्टीमा पस्यो ।
….यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ यो तरल गलबन्दीको पाँच रुपियाँ…..। उसले पटुकाको फेरो फुकाउनुपरेन । इष्टकोटको भित्री गोजीबाट एउटा हरियो नोट निकाल्यो र नशा-नशामा ज्याकेट स्वीटर, गलबन्दी…..बोकेर घर फर्कियो ।

टोपी

कामविशेषले रमेश एक उच्चस्तरीय कार्यालयमा गयो । उसले नेपाली भएर पनि कहिल्यै टोपी लगाएको थिएन र टोपीबिना त्यस कार्यालयमा प्रवेशाज्ञा थिएन । उसले त्यस कार्यालय वरिपरि टोपीको खोजी गर्‍यो, तर कसैले टोपी उपलब्ध गराउन सकेन ।
त्यसपछि ऊ आफुले चिनेका साथीहरुकहाँ गयो, त्यहाँ पनि उसले टोपी पाएन । अनि ऊ एकजना परिचित सरकारी अधिकृतको कार्यालयमा गयो, त्यहाँ व्यापकरुपमा खोज्दा पनि टोपी पाएन । नजिकका केही पसलहरुमा घुम्यो, टोपी सोध्दा पसलका साहुहरु उल्टै हाँसे ।
कतै टोपी नपाएर पराजित मुद्रामा घर फर्किन लागेको बेलामा उसले एकजना मानिस टोपी लगाएर हिँडिरहेको देख्यो । टोपी देख्दा उसलाई साक्षात् भगवान प्रकट भएजस्तो लाग्यो । त्यो मानिसले टोपी छाम्दै-छाम्दै प्रसन्न मुद्रामा हिँडिरहेको थियो । टोपी लगाउने त्यो मानिस अरु कोही नभएर विदेशी पर्यटक थियो ।

October 17, 2005

मापदण्ड

Filed under: लघुकथा
  • गतवर्षहरूमा झैँ यस वर्ष पनि परिणाम घोषणा गरिनुभन्दा एक हप्ताअगावै शिक्षकहरूको सरसल्लाह बैठक बस्यो। मूल प्रश्न थियो, ‘कस्ता विद्यार्थीहरूलाई उत्तीर्ण गराउने?’ प्रायः सबैको चिन्ताचाहिँ एउटै थियोः ‘हाम्रा विद्यार्थीहरू किन यति कमजोर भए?’ तर पढाउनेहरू आफैँ भएको हुँदा यो विषयमाथि धेरै छलफल भएन । बरू सरहरू शिर झुकाउन बाध्य भए। जे भए पनि बढीभन्दा बढी विद्यार्थीहरूलाई पास गराउनुपर्छ भन्ने कुरामा भने सबैको मतैक्य रह्यो ।हेडसरले प्रश्न राखे-‘पास त गराउने, तर यसको आधार र मापदण्ड पनि त चाहियो नि….।’
    तुरुन्तै, सरहरूबाट आ-आफ्ना मत र सुझावहरू आउन थाले-

  • ‘बिहे उमेर भएकालाई पास गराउने।’
  • ‘सेनामा भर्ना हुन र विदेश जान चाहनेलाई किन रोक्नु …..।’
  • ‘पोहोर फेल भएकालाई हुत्याइदिनुपर्छ।’
  • ‘कक्षामा दादागिरी देखाउनेलाई फेल गराउनुहुँदैन।’
  • पढ्न मनै नगर्नेलाई कक्षा चढाइदिएकै राम्रो।’
  • इन्द्रकुमार श्रेष्ठ
    -दियाले-3, ओखलढुङ्गा






















    Get free blog up and running in minutes with Blogsome | Theme designs available here