साहित्यकारहरूको घैंटामा घाम लागेकै हो ?
मेरा मित्र कविराज पौडेलहरूले छन्दका श्रेष्ठ कवि भनी माधवप्रसाद घिमिरेलाई रूपन्देहीमा स्वागत तथा सम्मान गर्ने भनेका छन् । पौडेल छन्दमा विषेश चाख राख्ने साहित्यका विद्यार्थी हुन् । नेपाली साहित्यको परम्परागत शैली जोगाउन उनले छन्दवादी साहित्य समाज गठन गरेका छन् । नेपाली साहित्यमा र·ीच·ी फूल फुलाउन उनले गरेको काम एक महत्वपर्ूण्ा कुरा बनेको छ । त्यसैले उनका छन्दवादी काममा सघाउनु हामी सिकारू साहित्यकारहरूबीचको आपसी सद्भाव र सहकार्य हो । हामी आपसमा सहयोग गरेर नै नेपाली साहित्यमा सक्रिय बन्न सक्दछौं । नेपाली भाषा र साहित्य विकास गर्न योगदान दिन सक्छौं । साथसाथै हामी आफै पनि नेपाली साहित्यका असल विद्यार्थी बन्न सक्छौं । हामी आफै नेपाली साहित्यको बृहत अध्ययन गर्न पाउ“छौं । यसमानेमा पनि मेरा मित्र कविराजले पछिल्लो पटक प्रारम्भ गरेको यो छन्दवादी साहित्यिक आन्दोलनलाई सहयोग गर्नु आवश्यक छ । किनभने एकछत्र रूपमा गजलको बाढी आएको बेलामा पनि छन्दको परम्परालाई पुनःउत्थान गर्न खोज्नु आफैमा कम साहसको कुरा होइन । (more…)

असार २९ गते । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको १९२औँ जन्मजयन्ती आज नेपाल अधिराज्य तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । अयोध्याका राजा रामको जीवनीलाई सरल नेपाली भाषामा लेखिएको ‘रामायण’मार्फ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकविले भाषा, साहित्य र संस्कृतिमार्फ एकीकरण गरेका थिए । वि.सं. १८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनर्ुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए भनिन्छ । ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । कुमारीचोकको हिसाब मिलाउन नसकेर झयालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए- ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनामा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पर्ूण्ा नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।रासस
लेखन कलामा अनुभव नभएपनि साँच्चै नै र्स्वर्ग जस्तो मेरो गाँउको वारेमा चार हरफ लेख्ने इच्छा अर्न्तआत्मा वाट नै जागेर आयो । तपाई हामी सवैलाई थाह भएकै कुरा हो हाम्रो देश मुख्यतय गावै गाउले भरेको छ र देशको आस्सी प्रतिशत मानिसहरु गाउमा नै बसोबास गर्दछन । त्यस्तै गाउ मध्ये, गण्डकी अञ्चल कास्की जिल्लाको सदरमुकाम पर्यटकीय नगरी पोखराको उत्तरी भेगमा पर्ने सँसारको सुप्रसिद्घ माछापुछ्रे हिमालको काखमा आवस्थित एउटा स्वणिर्म गाउ हो घाचोक, र यस गाउका वासिन्दाहरुलाई’घाचोके”अथवा गुरुङ भाषामा कजुथेँ भनेर चिनिन्छ अथवा सम्वोधन गरिन्छ । यस गाउको वारेमा जति वर्ण्र्ाा गरेपनि कदापी अघाउदैनन् यहाँ पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु ।








